ताजा अपडेट »

आर्यन दत्तले ६ विकेट लिएपछि नामिबिया १२३ रनमा अलआउट

सोमबार, ०७ फागुन २०८०, १२ : ५३
78 Shares

काठमाडौं । नामिबियाले नेदरल्याण्डसलाई १२४ रनको लक्ष्य दिएको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५.१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको हो ।

नामिबियाका लागिजेजे स्मितले सर्बाधिक २६ रन बनाए भने रुबेन ट्रम्पेलम्यानले २०, जाने ग्रीनले १९ रन बनाएका थिए ।

नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै किल क्लेईनले २ विकेट लिएका थिए ।
      

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।