ताजा अपडेट »

वाणिज्य क्याम्पसको ४३ औं वार्षिकोत्सव सम्पन्न

आइतबार, ०६ फागुन २०८०, २० : २९
568 Shares
आइतबार, ०६ फागुन २०८०
568 Shares

बुटवल । लुम्बिनी वाणिज्य क्याम्पसको ४३ औ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न भएको छ । वार्षिकोत्सवको मूल समारोहमा बोल्दै लुम्बिनी बौद्धविश्व विद्यालयका उपकूलपति प्राध्यापक डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनी वाणीज्य क्याम्पससँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे । उनले लुम्बिनी वाणीज्य नेपालकै सर्वोत्कृष्ट सामुदायिक क्याम्पस घोषणा हुनु यस क्षेत्रका लागि गौरवको कुरा भएको उल्लेख गरे ।

उनले लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी वाणिज्य क्याम्पस बीच विभिन्न गतिविधिमा थप सहकार्य रहने बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चँपाई, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डे, अतिथिहरु क्याम्पस सञ्चालक समिति पूर्व अध्यक्ष अर्जुनमान सैंजु, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष किसन ज्ञवाली, नेकपा माओबादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल जिसी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर संयोजक राजन पाण्डे, राष्ट्रिय जनमोर्चा पार्टीका नगर अध्यक्ष पदम श्रेष्ठ, कर्मचारी संघ लुम्बिनी वाणिज्य क्याम्पस अध्यक्ष पुष्कर भुसाल, स्ववियु अध्यक्ष विजय कार्की, विद्यार्थी नेताहरु समिर आचार्य, रेशम के.सी., माधव बस्याल, पुष्कर पोख्रेल लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । समारोहमा विभिन्न क्षेत्रमा रोजगार÷स्वरोजगार भएका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । साथै विभिन्न तहमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति र साताव्यापी रुपमा सञ्चालन भएका अतिरिक्त क्रियाकलापहरुका विजयीहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्डले पुरस्कृत गरिएको थियोे । सो अवसरमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । मूल समारोह संयोजक सहप्राध्यापक विष्णु जोशीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उपप्राध्यापक लक्ष्मण प्रसाद भण्डारीले गरेका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।