ताजा अपडेट »

विद्यार्थीद्वारा ऐेतिहासिक जितगढि किल्लाकाे अवलोकन तथा सरसफाइ

शनिबार, ०५ फागुन २०८०, ०९ : ११
442 Shares

बुटवल । रुपन्देहीको तिलाेत्तमा ४ मा रहेको सिद्धार्थ अङ्ग्रेजी बाेर्डिङका विद्यार्थीले ऐेतिहासिक जितगढि किल्लाकाे अवलोकन तथा सरसफाइ गरेका छन् ।

 विद्यालयले कक्षा ११ व्यवस्थापन समुहकका विद्यार्थीहरुलाई राष्ट्र , राष्ट्रियताकाे रक्षाका लागि एक असल नागरिकले निर्वाह गर्नु पर्ने भुमिकाकाे बारेमा ऐतिहासिक तथ्य सहित जानकारी गराउने उद्देश्यले बुटवलमा रहेको नेपाल-अङ्ग्रेज युद्धकाे ऐेतिहासिक स्थल जितगढि किल्ला अवलोकन गराईएकाे हो। 

विद्यालयले सैद्धान्तिक अवधारणालाई व्यवहारिक तरिकाले बुझाउनका लागि समय समयमा यस्ता कार्यक्रम गरिरहेकाेमा याे हप्ता कक्षा ११ व्यवस्थापन समुहका विद्यार्थीहरुलाई ऐतिहासिक स्थलमा अवलोकनका लागि लगिएकाे हाे । साेहि अवसरमा विद्यार्थीहरुले किल्ला परिसरका सरसफाइ समेत गरेका थिए । 1708138222646

पछिल्लो समयमा किशोर किशोरीहरुमा राष्ट्र प्रेम , राष्ट्रियता , ईतिहास अध्ययन जस्ता कार्यमा ध्यान कम रहेकाे अवस्थामा याे कार्यक्रमले केही सकारात्मक सन्देश दिने प्राचार्य यम बहादुर राना बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।