ताजा अपडेट »

कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, प्रस्तुत प्रतिबेदनमा छलफल हुने

शुक्रबार, ०४ फागुन २०८०, १० : ३०
70 Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।सानेपा, ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । बैठक बिहान ९ बजेबाट सुरू हुने बताइएको छ ।

गत बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए, जसमा आज देखी सामान्य छलफल सुरू हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।