ताजा अपडेट »

कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य, सीताको ह्याट्रिक

बुधबार, ०२ फागुन २०८०, १३ : ४५
114 Shares
बुधबार, ०२ फागुन २०८०
114 Shares

काठमाडौँ। कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ । जारी एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउदै ७३ रन बनाएको हो ।कुवेतका लागि प्रियादा मुरलीले सर्बाधिक २९ रन बनाएकी थिइन् भने शान्थी बलासुब्रमन्यन र खादिजा खालीलले १३-१३ रन बनाएका थिए ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा नेपालकी सीता राना मगरले ह्याट्रिक लिएकी थिइन् । सीताले खेलको १३औं ओभरको दोस्रो, तेस्रो र चौथो बलमा विकेट लिदै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।त्यस्तै नेपालका लागि रुबिना क्षेत्री र कबिता कुँवरले २-२ विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।