ताजा अपडेट »

कम्हरिया स्वास्थ्य चौकीको सेवाप्रवाहबारे सार्वजनिक सुनुवाई

आइतबार, २८ माघ २०८०, २० : ०४
104 Shares
आइतबार, २८ माघ २०८०
104 Shares

बुटवल । आफ्नो सेवा प्रवाह कस्तो छ ? त्यसलाई थाह पाउने धेरै विधि हुन्छन् । सेवाग्राहीबाट सेवाप्रवाहबारे थाह पाउन भन्दै रुपन्देहीको मायादेवी गाउ“पालिका ३ मा रहेको कम्हरिया स्वास्थ्य चौकीको सेवाप्रवाह मापनका लागि सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई आयोजना गरेको छ ।

आइतबार स्वास्थ्यचौकी परिसरमा सेवाग्राही तथा सरोकारवाला समूहलाई भेला गराइ सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहभागीले स्वास्थ्यचौकीको सेवा प्रवाह अब्बल र विरामीमैत्री भएको बताए । स्वास्थ्यकर्मीहरुले मन्दमुस्कान सहित सेवा प्रदान गरेको, सरसफाइ भएको, गाउ“घरे क्लिनीक नियमित  संचालन गरेको, ८० वर्षमाथिका ज्युष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गरेको, बताए ।

उनीहरुले किशोरकिशोरी परामर्श, किशोरकिशोरीमैत्री सेवा, परिवार नियोजन, कुपोषण उपचार, २४ घण्टे प्रशुति सेवा र मातृशिशु उपचार राम्रो भएको भन्दै प्रशंशा गरे । यद्यपि स्वास्थ्य चौकी साघुरो ठाउ“मा हु“दा सुत्केरीलाई २४ घण्टा राख्न, कुरुवा बस्न, प्रयोगशाला संचालन गर्न समस्या भएको बताउदै स्वास्थ्यचौकीको नया भवन छिटो सक्न आग्रह गरे । स्वास्थ्यस्वयम सेविका, आमा समूह, किशोरी समूह, स्थानीय सेवाग्राही लगायत १५ जनाले स्वास्थ्यचौकीको सेवा प्रवाहबारे सुझाब राखेका थिए ।

सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालयका परिवार नियाजन अधिकृत प्रभास पन्थीले सेवा प्रवाहका हिसाबले कम्हरिया स्वास्थ्यचौकी जिल्लामै अगाडि रहेको बताए । उनले सेवाप्रवाह राम्रो बनाउन स्वास्थ्य चौकी प्रमुख प्रदीप पण्डीतकोे मेहनत र स्वास्थयकर्मीकोहरुको लगनशीलताको प्रशंशा गरे । कार्यक्रममा बोल्दै मायादेवी गाउ“पालिकाकी नर्सिड. इन्चार्ज शर्मिला शर्माले सेवा प्रवाह थप अब्बल बनाउन स्वास्थ्य चौकीमा निशुल्क औषधी, सेवा प्रवाह लगायतमा नियमित सघाउने बताइन् ।

आधारभूत स्वास्थय परियोजनाकी सरस्वती थापाले आमासमूह, किशोरकिशोरी परिचालन र आधारभूत स्वास्थ्य सुधारमा हातेमालो गर्ने बताइन् । सगरमाथा किशोरकिशोरी समूहका अध्यक्ष नरेन्द्र यादवले विद्यालय छुट्टीको दिन किशोरकिशोरीलाई स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गरे ।

कार्यक्रममा उठेका जिज्ञासाबारे स्वास्थ चौकीका प्रमुख प्रदीप पण्डीतले जवाफ दिएका थिए । उनले स्वास्थ्य चौकीको सेवा विरामी मैत्री बनाउन र आफ्नो क्षेत्रमा स्वास्थ्य राम्रो बनाउन प्रवद्धनात्कम कार्यक्रम समेत थालेको बताए । उनले सेवामा भए कमीकमजोरी देखिए तत्काल सुझाब दिन पनि आग्रह गरे । 

कम्हरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य कल्लु यादवले सुझाबहरु अनुसार स्वास्थ्य चौकीलाई देशमै नमूना बनाउने बताए  । स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी सहित १२ जना कर्मचारी छन् । दैनिक ८० विरामी उपचारका लागि आउछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।