ताजा अपडेट »

५० लाखको लगानीमा तन्दुरी भोजनालय एण्ड लज, ५०० मा खान बस्न पाइने

मंगलबार, २३ माघ २०८०, १२ : २२
2.58K Shares
मंगलबार, २३ माघ २०८०
2.58K Shares

बुटवल । बुटवलको पुरानो वसपार्कमा सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज संचालनमा आएको छ । कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा लज संचालनमा आएको हो । 

घिमिरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’–उनले भने ।  

बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताए । लजबाट बुटवलको आधा भन्दा धेरै क्षेत्रको भ्यू अवलोकन गर्न पनि सकिने उनले बताए। साथै लजको लगानी ५० लाख रहेको उनले बताए । हामीले पुरा घर भाडामा लिएर व्यवसाय गर्न लागेका हौँ। यसको डेकेरेशन र व्यवस्थापन गर्दा ५० लाख खर्च भयो।’–उनले भने । 

लजमा साउथ इन्डियन डोसा, विरायनी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक कृष्ण घिमिरेले बताए । उनका अनुसार ५०० रुपिँयामा खान र एक रात बस्न सकिने बताए ।  ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताए । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएका छन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।