ताजा अपडेट »

होराइजन गौतम बुद्ध मा.वि.मा. आई टी ट्रेनिङ् सुरू

शुक्रबार, १९ माघ २०८०, २१ : ०२
286 Shares

तिलोत्तमा । होराइजन गौतम बुद्ध मा.वि.मा. एक हप्ते एजटिएमएल, सि.एस.एस., जाभा स्क्रिप्ट तथा गिट बेसिक सम्बन्धी तालिम सुरु भएको छ । विद्यार्थीहरुलाई आई.टी. सम्बन्धी सैद्धान्तिक ज्ञानका अतिरिक्त रियल टाइम प्रयोगात्मक ज्ञान दिने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको कुरा 
कम्प्यूटर विषयका विभागीय प्रमुख ई. अर्जुन अर्यालले जानकारी दिए।

कार्यक्रम माघ १७ गतेदेखि माघ २४ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा कक्षा ११ मा कम्प्यूटर विषय अध्ययन गर्ने करिव २०० जना विद्यार्थीहरु सहभागी रहेका छन् भने कार्यक्रम बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भइरहेको छ । प्रम्ट स्किलका सि.ई.ओ.  ई. दिपेन्द्र विष्ट, ई.बैजनाथ थारु, ई.बिशाल थापा र ई. कुशुम क्षेत्री स्रोत व्यक्तिका रुपमा रहेको उद्घाटन समारोह कार्यक्रममा विद्यालयका प्राचार्य गोपालप्रसाद आचार्य, उपप्राचार्य इन्द्रप्रसाद भुसाल, ज्ञानेश्वर ज्ञवाली, प्राध्यापक डा.नारायण प्रसाद पन्थ लगायतको उपस्थिति रहेको थियो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै डा. नारायणप्रसाद पन्थले यो ए.आई. को युग भएको हुँदा आई.टी. सम्बन्धी व्यवहारिक तालिमहरु विद्यार्थीहरुका लागि अपरिहार्य रहेको बताउँदै होराइजन गौतम बुद्ध मा.वि.ले हरेक वर्ष यस्ता तालिमहरु दिंदै आएको कुरा बताउनुभयो । कम्प्युटर विषयका विज्ञ प्राध्यापक माधव अर्यालले विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित गर्न नहुने भन्दै यो कार्यक्रमको आयोजना गरिएको र विद्यार्थीहरुले पुस्तकमा पढेका कुरा र आईटी सम्बन्धी अतिरिक्त ज्ञान हासिल गर्नेमा विश्वस्त रहेको कुरा बताए  । स्रोत व्यक्ति ई. दिपेन्द्र विष्टले विभिन्न स्कुल र कलेजहरुमा आफू र आफ्नो टिमले तालिम दिंदै आएको र तालिम उपलब्धिमूलक हुँदै आएको कुरा बताए । कार्यक्रममा सहभागी छात्र गौरव पौड्याले आफूहरु यो तालिम लिन निकै उत्साहित रहेको कुरा व्यक्त गर्दै एक हप्ताको तालिम एक दिन पनि नछुटाई लिने कुरा बताए ।  

होराइजन गोतम बुद्ध मा.वि.का प्राचार्य गोपाल प्रसाद आचार्यले विद्यार्थीहरुको व्यावहारिक सिकाइका निम्ति विद्यालयले लेखा तालिम, शेयर सम्बन्धी तालिम, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तालिम, फुड फेस्टिभल, गायन आइडल, डान्स प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन गरिसकेको र यस पटक आई.टी लाई प्राथमिकता दिंदै तालिम सुरु गरिएको कुरा बताए। उनले विद्यार्थीहरुलाई शैद्धान्तिक ज्ञानमा मात्र सिमित गर्न नहुने भन्दै व्यवहारिक सिपका कार्यक्रम निरन्तर गर्दै जानुपर्ने धारणा व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।