ताजा अपडेट »

‘ट्‍वेल्थ फेल’लाई सर्वोत्कृष्ट फिल्मको अवार्ड

विहीबार, १८ माघ २०८०, १९ : २०
176 Shares

काठमाडौं । वलिवुड्मा पछिल्लो समय आत्याधिक रुचाईएको चलचित्र ट्वेल्थ फेल’ले  ६९ औं फिल्मफेयर अवार्डमा सर्वोत्कृष्ट चलचित्रको पुरस्कर हात पारेको छ । निकै कम लागनिमा निर्माण  भएको तथा बिश्व भरी बाट आत्याधिक कामाई समेत गरेको यो चलचित्र  आन्य ठुला बजेटका चलचित्र लाई पछाडी पार्दै उत्कृष्ट ठहरिएको हो । भारतको गुजरात स्तित गान्धीनगरको गिफ्ट सिटीमा सम्पन्न  भएको  फिल्म फेयर अवार्ड २०२४  मा  ट्वेल्थ फेल’  चलचित्रकै लागि निर्देशक विधुविनोद चोपडाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् भने  यहि चलचित्रले सर्वोत्कृष्ट पटकथाको अवार्ड पनि हात परेको छ ।

यश बर्षाको चर्चित चलचित्र ‘एनिमल’बाट रणवीर कपुरले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाएका छन भने ‘रकी और रानीकी प्रेम कहानी’ बाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड  पएकी छन।  ‘रकी और रानीकी प्रेम कहानी’ बाट नै शबाना आजमीले सहअभिनेत्रीको अवार्ड जितेकि छन । 

'रकी और रानीकी प्रेम कहानी’ बाटै इशिता मोइत्राले  सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे । ‘ओएमजी २’ लाई सर्वोत्कृष्ट कथाको अवार्ड प्रदान गरियो  भने  ‘पठान’ चलचित्रको गीत ‘बेशरम रंग’का लागि शिल्पा रावले  सर्वोत्कृष्ट  पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् । ‘एनिमल’ चलचित्रको ‘अर्जन वैली’ गितका लागि  गाएक भुपेन्द्र बब्बलले सर्वश्रेष्ठ पार्श्व गायकको अवार्ड प्राप्त गरे ।

निर्देशक डेभिड धवनलाई भारतीय चलचित्रमा उनले गरेको योगदानका लागि लाइफ टाइम एचिभमेन्ट अवार्ड बाट सम्मन गरियो ।

एस्तो छ अवार्ड विजेताको सूची:
- सर्वोत्कृष्ट चलचित्र  – ट्वेल्थ फेल
-सर्वोत्कृष्ट अभिनेता – रणवीर कपुर (एनिमल)
 - सर्वोत्कृष्ट अभिनेत्री – आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी)
- सर्वोत्कृष्ट निर्देशक – विधुविनोद चोपडा (ट्वेल्थ फेल)
- लाइफ टाइम एचिभमेन्ट अवार्ड – डेविड धवन (निर्देशक)
- सर्वोत्कृष्ट डेब्यु अभिनेता (पुरुष) – आदित्य रावल (फराज)
- सर्वोत्कृष्ट डेब्यु अभिनेत्री (महिला) – अलिजेह अग्निहोत्री (फर्रे)
- सर्वोत्कृष्ट डेब्यु निर्देशक – तरुण डुडेजा (धकधक)
- सर्वश्रेष्ठ सह अभिनेत्री – शबाना आजमी (रकी और रानीकी प्रेम कहानी)
- सर्वोत्कृष्ट सह अभिनेता – विक्की कौशल (डंकी)
- सर्वोत्कृष्ट अभिनेत्री (समीक्षक) – रानी मुखर्जी (मिसेस चटर्जी भर्सेस नर्वे) तथा  शेफाली शाह (थ्री अफ अस)
- सर्वोत्कृष्ट अभिनेता (समीक्षक) – विक्रान्त मेसी (ट्वेल्थ फेल)
- सर्वोत्कृष्ट चलचित्र (समीक्षक) – जोराम
- सर्वोत्कृष्ट चलचित्र (बेस्ट एक्सन) ‘जवान’ 

सर्वोत्कृष्ट कोरियो ग्राफर (बेस्ट डान्स )  
- ‘रकी और रानीकी प्रेम कहानी’  ‘ह्वाट झुम्का’ - गणेश आचार्य

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।