ताजा अपडेट »

कपिलवस्तुको सगरहवामा १५ दिने कार्यशालाबाट १८ वटा मूर्ति स्थापना

मंगलबार, ०९ माघ २०८०, ०९ : ३६
340 Shares

लुम्बिनी । कपिलबस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा १५ दिने कार्यशाला सम्पन्न गर्दै १८ वटा मूर्ति स्थापना गरिएको छ । गत पुस २३ गतेदेखि शुरु भएको प्रथम कपिलबस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको हो  ।

राष्ट्रिय स्तरमा ख्याती प्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकाहरुले सगरहवासँग सम्बन्धित बिषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो । स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री प्राप्त भएका थिए ।

जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किलोमिटर र तिलौराकोटबाट ६ कि.मी. उत्तरमा रहेको सगरहवा पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किमी भित्र पर्दछ । सगरहवा ताल नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ ।

कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य बिमला घिमिरेले कपिलjस्तु खुल्ला संग्रालयका रुपमा रहेको तर यहाँको बुद्धकालिन स्थलहरुको प्रचार प्रसार र विकास हुन नसकेको बताईन । प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशाला मार्फत पर्यटनको निभ शुरु भएको बताए । सांसद पन्थीले सगरहवामा भएको कार्यशालाको देशभरी प्रचार भएको बताउँदै यो कार्यशाला कसैका लागि नभई सिंगो कपिलjस्तुबासीका लागि भएको बताए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हार्तम्छालीले कपिलjस्तुमा सञ्चालित मूर्तिकार्यशाला प्राज्ञिक, साँस्कृतिक प्रfविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए । यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठानहरु स्थापना गर्न आग्रह गरे ।
 
कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई -सिद्धिचरण_ ले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रव/\द्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देही सहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।