ताजा अपडेट »

लालसागर तनाब र विश्व ब्यापार संकट

सोमबार, ०८ माघ २०८०, १२ : १९
712 Shares
सोमबार, ०८ माघ २०८०
712 Shares

देबराज पोख्रेल
बिगत केहि समयदेखि लालसागार(Red Sea) मा तनाब बढ्दै गईरहेको छ ।  ईजरायलद्वारा गाजामा नरसंहार गरेको र उक्त कार्य नरोकिएसम्म उ सम्बद्ध पानिजहाजहरुलाई लालसागरमा चल्न नदिने घोषणा गर्दै यमनको हुथी बिद्रोहीहरुले अवरोध गरेपछि उक्त क्षेत्रमा तनाबको अवस्था शृजना भएको हो । जलयातायातको दृष्टिले सबैभन्दा ब्यस्त सागरमा अवरोधले दुनियाँको आपूर्ति प्रणालीमात्र प्रभावित बनेको छैन, अमेरिका र बेलायतका लडाकु बिमानहरुले यमनको बिभन्न स्थानमा हवाई आक्रमण गरेपछि, ईजरायल-हमास युद्ध फैलिने खतरा बढ्दै गएको छ । प्रस्तुत लेखमा लालसागार(Red Sea) र विश्व ब्यापार यसमा महत्व, विषयमा संक्षेपमा चर्चा गरिने छ ।

red sea
Red Sea      
लालसागार(Red Sea) विश्वको अति महत्वपूर्ण जलमार्ग हो । यसले अन्तराष्ट्रिय ब्यापारको १२ प्रतिशत र कुल सामुन्द्रिक व्यापारको ३० प्रतिशत हिस्सा ओगटेको छ । यो सागर ईजिप्ट, जोर्डन, साउदी अरेबिया, सुडान, एरेट्रिया, जिबउटी, यमन, सोमालीया र ईजरायल हुदै हिन्द महासागरसँग मिसिन्छ ।

मुलतः लालसागर, एसिया र अफ्रीकाको बिचमा अवस्थित रहेको छ । यसलाई ईजिप्टमा करिब १९३ दशमलव ३ किलोमिटर लामो कृतिम नहर बनाएर एसिया र युरोपको बिचमा अत्यन्तै छोटो र  महत्वपूर्ण ब्यापार मार्ग बनाईयो । जसलाई सुईज नहर (Suez Canal) भनिन्छ । यसको निर्माण सन् १८५९ मा शुरु भई १० वर्षपछि सन् १८६९ नवेम्बर १७ मा औपचारिकरुपमा खुल्ला गरिएको थियो ।

सुईज नहर ब्रीटेन र फ्रान्स सरकारको संयुक्त कम्पनी (Cuez Canal Company) ले संचालन गर्दै आएको थियो । तर, सन् १९५६ मा ईजीप्ट सरकारले यसलाई राष्ट्रियकरण गर्दै Cuez Canal Authority -CSA) मार्फत संचालन गर्दै आएको छ । यो नहर ईजीप्ट सरकारको प्रमुख आयश्रोत हुनुको साथै उक्त क्षेत्रको द्वन्दको प्रमुख कारण पनि बनेको छ ।
 
लालसागर युरोप र एसिया जोड्ने सबैभन्दा छोटो जलमार्ग हो । उत्तरी  एट्लान्टीक महासागर, भूमध्य सागर हुदै उत्तरी हिन्द महासागरलाई यसले जोड्ने हुँदा यो जलमार्गले युरोपलाई एसियाका र अष्ट्रेलियासँग जोड्ने सबैभन्दा छोटो मार्ग हो । अर्थात, लण्डनबाट मुम्बईको दुरी अरबियन सागरबाट भन्दा लालसागरबाट करिब ८९०० किलोमिटर छोटो पर्छ ।
          
 csa          
 पछिल्लो समय यमनको हुथी समुहले लालसागरमा अबरोध गरिरहेको छ । अमेरिकी गठबन्धन तथा ईजरायलसँग सम्बन्धित जहाजहरु उसको निसानामा परेका छन् । एउटा रिपोर्ट अनुसार संसारका सबैभन्दा ठूला दश सिपिङ कम्पनी मध्य सात वटाले लालसागर रुटमा आफ्नो सेवा बन्द गरेका छन् । अमेरिकी रक्षा मन्त्रालयका अनुसार हुथी बिद्रोहीले दशभन्दा बढी पानिजहाजहरुमा सयौंको संख्यामा ड्रोन र मिसाईलहरु प्रहार गरेका छन् ।

लालसागर, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रणनीतिक क्षेत्रका रुपमा प्रयोग हुँदै आईरहेको छ । जलमार्गका रुपमा अत्यन्तै महत्वपूर्ण यो सागर भूराजनीतिक प्रभाव र चासोहरुको केन्द्र बन्दै आएको छ । विशेषगरी खाडी क्षेत्रको तेल, अफ्रीकाको खनिज र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख  मार्ग भएकाले शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा र द्वन्दको केन्द्र समेत बन्दै आएको हो ।

लालसागर तनावले अफ्रिका परिक्रमा गरी ढुवानी गर्दा ढुवानी लागत बढ्नुका साथै, बिमा कम्पनीहरुले जोखिम बढेको भन्दै प्रिमियम समेत बढाई सकेका छन । यो घटनाले ईजरायलको अन्तर्राष्ट्रिय ब्यापारमा ठूलो समस्या पैदा गरेको छ । साथै, अन्तर्राष्ट्रिय तेल ब्यापारको सबैभन्दा महत्वपूर्ण मार्ग भएका कारण यसका कारण तेलको मुल्यबृद्धि हुनेछ । जसका, कारण संसारभर मुद्रास्फ्रिति बढ्नेछ ।

लालसागर, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रणनीतिक क्षेत्रका रुपमा प्रयोग हुँदै आईरहेको छ । जलमार्गका रुपमा अत्यन्तै महत्वपूर्ण यो सागर भूराजनीतिक प्रभाव र चासोहरुको केन्द्र बन्दै आएको छ । विशेषगरी खाडी क्षेत्रको तेल, अफ्रीकाको खनिज र अन्तर्राष्ट्रिय व्यापारको प्रमुख  मार्ग भएकाले शक्तिराष्ट्रहरुको प्रतिस्पर्धा र द्वन्दको केन्द्र समेत बन्दै आएको हो ।

ईतिहासमा धेरै पटक लालासागरमा अवरोध हुँदै आएको छ । पछिल्लो पटक सन् २०२१ मार्चमा एउटा मालबहाक जहाज सुईज नहरमा फसेर छ दिनसम्म बन्द हुदाँ ४९ दशमलव ६ बिलियन डलर बराबरको अन्तर्राष्ट्रिय ब्यापार प्रभाबित भएको रिपोर्टहरु सार्बजनिक भएको थियो । यसैगरी विभिन्न समयमा भएका अरब –ईजरायल युद्धका बेला समेत यो सागरमा अवरोध हुँदै आएको छ ।

यसरि, अन्तर्राष्ट्रिय व्यापारको लाईफ लाईन मानिएको लालसागरमा हाल भईरहेको द्वन्दले दुनियाँको अर्थतन्त्रलाई नराम्रो धक्का दिने देखिँदैछ । प्यालेष्टाइन जनतामाथिको नरसंहार रोक्नु पर्ने हुथी बिद्रोहीहरु उक्त माग पूरा नभएसम्म पछाडि नहट्ने अडानमा छन् । ईजरायल –हमास युद्ध, हुथी विद्रोहीको माग आदिका विषयमा लामो वहस गर्न सकिन्छ तर, अन्तर्राष्ट्रिय प्रमुख जलमार्गमा कुनै पनि प्रकारको माग राखी अवरोध पुर्याउनुका साथै बार्गेनिङको अस्त्र बनाउनु  गैरजिम्मेवारपनको पराकाष्ठा हो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।