ताजा अपडेट »

रुपन्देहीमा बाक्लो हुस्सु लागेको समय दुई मोटरसाइकल आपसमा ठोक्किँदा २ जनाको मृत्यु

सोमबार, ०८ माघ २०८०, १० : १९
1.17K Shares

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परी २ जनाले ज्यान गुमाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ महिलवार पडरिया सडक खण्डको लंकापुरमा आज बिहान दुर्घटना भएको हो ।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवा बस्ने ४५ वर्षका शिवकुमार यादवको मृत्यु भएको छ । यस्तै, भारतको सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

बाक्लो हुस्सु र शीतलहरको समयमा तीब्र गतिमा मोटरसाइकल हाँक्दा एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।