ताजा अपडेट »

बजेट विनियोजन नहुँदा शहीद हिरालाल रंगशाला निर्माण ठप्प

मंगलबार, २४ पुस २०८०, १२ : ०५
74 Shares

बारा । नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन ।

जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने भन्दै २०७२ सालमा शहीद हिरालाल रंगशालाको निर्माणको घोषणा गरेका थिए ।

सोही अनुरुप निजगढ नगरपालिका ९ मा रहेको यस रंगशालाको निर्माण थालनी भएको थियो । जस अन्तर्गत चार किल्ला छुट्टाउने, तरबार गर्न, खेल मैदान बनाउने कार्य भएको थियो र यस रंगशालाको डिपिआर समेत तयार गरिएको थियो तर मन्त्री पौडेलले २०७२ मा मन्त्रालय छाडे पच्यात हाल सम्ममा आठ मन्त्री दुई राज्यमन्त्री र एक सहायकमन्त्री भईसकेका छन तर यस रंगशालामा युवा तथा खेलकुद मन्त्रालयबाट बजेट आउन सकेको छैन जस्का कारण निमार्ण कार्य रोकिएको छ ।

ठूला प्रतियोगिता हुन सक्ने रंगशालाको अवस्था दिन प्रतिदिन बिग्रँदो अवस्थामा छ । रंगशालाको मर्मत सम्भार हुँदै गयो भने अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता यहाँ नियमित गर्न सकिन्छ । फुटबल विकासका लागि सम्बन्धित निकायले ध्यान नदिएकाले रंगशाला मैदान खेल्न अयोग्य हुँदै गएको छ । यहीँ मैदानमा खेल खेलेर अन्डर १९ को नेपाली फुटबल टोलीमा समाबेश भएको नेपाली टिमका फरवार्ड समीर तामाङले बताए ।

सानादेखि ठूला प्रतियोगिता हुने मैदानमा दुबोसमेत उप्किएर खाल्डाखुल्डी बनेको छ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता हुने भनेर निमार्ण गर्ने भनिएको रंगशालाको अवस्था बिग्रिंदै गए पनि सम्बन्धित निकायको ध्यान भने पुग्न सकेको छैन । खेल पर्यटनको सम्भावना बढ्दै गएको मधेश प्रदेशकै केन्द्र मानिने भनिएको रंगशालाको अवस्था भने खस्कँदै गएको छ ।

रंगशालाको बिजोग भएपछि स्थानिएहरुको पहलमा वृक्षरोपण देखी थोपा सिचाई गरी हरीत रंगशाला बनाउने प्रयास गरी रहेका छन । उनीहरुलाई स्थानीए उघोग संचालकहरुले समेत साथ दिदै आएको स्थानीए उघोग संचालक सुर्दशन दर्गालले बताए ।

रंगशालामा नियमित स्थानिए प्रतियोगिता र फुटबल लगायतको खेलको प्रशिक्षणका लागि मैदान प्रयोग हुँदै आएका छन् । नियमित प्रतियोगिता हुने फुटबल मैदान अहिले कुनै पनि ठूला प्रतियोगिता आयोजना हुने अवस्थामा छैन, रंगशालाको यो अवस्थाले खेलप्रेमीलाई समेत चिन्तित बनाएको छ ।

स्थानीय, क्षेत्रीयस्तर र राष्ट्रिय प्रतियोगिताका निम्ती खेल मैदान अभाब भईरहेको बेलामा निजगढ उपयुक्त स्थान हो । काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्र्याकको निमार्ण पछि यो राजधानी संग एक घण्टाको दुरीमा सहजै पुग्न समेत सकिने यस रंगशालको निमार्णमा अहिलेसम्म राष्ट्रिय खेलुकद परिषद्ले कुनै रकम छुट्टाएको छैन ।

बेलाबेलामा हामीले आन्तरिक र स्थानिए सरकारको सहयोगबाट नै रंगशालाको मर्मत सम्भार गर्दै आएका छौं तर रंगशालाका लागि भनेर राखेपले त अहिलेसम्म कुनै रकम पठाएको छैन । उनले मैदानको तारबार र लेबलिङको काम आन्तरिक स्रोत जुटाएर गरिएको शहीद हिरालाल रंगशालाका अध्यक्ष तथा पुर्व जनप्रतिनिधि जगत बहादुर न्यौपाने गोकुलले बताए ।

सम्बन्धित निकायको बेवास्ताका कारण रंगशाला दिन प्रतिदिन बिग्रँदै गएको हो । अहिले मूल आवश्यकता भने रंगशालाको डिपिआर अनुसार निमार्ण गर्ने भए पनि त्यसतर्फ भने कुनै रकम छुट्याइएको छैन । अहिले रंगशालाको मैदानसँगै प्यारापिट निमार्ण नहुँदा मैदान दिन प्रतिदिन जीर्ण बन्दै गएको छ ।

झन्डै ३५ बिगाहमा फैलिएको रंगशाला अहिले धुलाम्मे र दुबो केही नहुँदा नियमित परिक्षण गर्ने खेलाडीलाई समेत सकस बनिरहेको छ । खेलकुद विकासका निम्ति रंगशाला निमार्ण हुन सके यस क्षेत्रमा समेत पचुर संम्भावना भएका खेलाडी उत्पादन गर्न सकिने देखिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।