ताजा अपडेट »

व्यवसायिक कलाकार संघ रुपन्देही शखाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न

सोमबार, २३ पुस २०८०, २१ : २०
194 Shares
सोमबार, २३ पुस २०८०
194 Shares

बुटवल । नेपाल व्यवसायिक कलाकार संघ, रुपन्देही शाखाको चौथो अधिवेशनसहित वनभोज तथा कलाकार सम्मान कार्यक्रम बुटवलको हिलपार्कमा सोमबार सम्पन्न भएको छ । सो अवसरमा बोल्दै प्रमुख अतिथी शान्तराम गिरीले कलाकारहरु व्यवसायिक रुपमा बाँच्न कठिन भएको बताए । राज्यले कलाकारलाई सम्मान गर्न नसकेकोमा दुःख प्रकट गर्दै उनले कलाकारहरु राज्यका गहँना भएकाले सब‌ैले सम्मान गर्ने वातावरण तयार हुनुपर्नेमा जोड दिए ।

राष्ट्रिय विभूति अरनिको स्मृति दिवसको अवसरमा संघले २०३१ सालदेखि निरन्तर कलाकारका रुपमा रहेका रेम्बो आर्टस् भैरहवाका सञ्चालक तथा कलाकार ७५ वर्षीय शंकरप्रसाद शर्मालाई प्रमाणपत्र तथा दोसल्लाबाट सम्मान गरेको छ । सोही अवसरमा आर के आर्टसका सञ्चालक आर के लिगलले आफ्ना बाबाआमाको स्मृतिमा स्थापना गरेको शिव जानकी स्मृति पुस्कार राजु विश्वकर्मा (तिनाउ आर्टस, बुटवल) लाई नगद पुरस्कार तथा प्रमाणपत्रसहित प्रदान गरेको छ ।

अधिवेशनले दिलीप रसालीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुमित्रा राना, सुत्प राई, सचिवमा विवेक शर्मा, सहसचिवमा राजु खड्का र कोषाध्यक्षमा डोलबहादुर आले निर्वाचित भएका छन् ।

निर्वाचन मण्डलका संयोजक एचबी रम्तेलले सहमतिकम निर्वाचन सम्पन्न भएको बताए । निवर्तमान अध्यक्ष बेनप्रसाद थापाले नवनिर्वाचित अध्यक्षलाई माईन्यूट बुक लगायतका कागजात हस्तान्तरण गरेका छन् । साथै उनले अधिवेशनमा प्रगति प्रतिवेदन पेश गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।