ताजा अपडेट »

स्पष्ट कृषि नीतिको अभावमा किसान, उपभोक्ता र व्यवसायी समस्यामा

सोमबार, २३ पुस २०८०, २१ : ११
66 Shares

बुटवल । बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरूले सरकारको स्पष्ट कृषि नीतिको अभावमा तरकारी फलफूल किसान, उपभोक्ता र व्यवसायी समस्यामा परेको गुनासो गरेका छन् ।
लुम्बिनी फलफुल तरकारी  थोक ब्यवसायि संघ, बुटवलको १७ औं वार्षिक साधारण सभामा उनीहरूले यस्तो गुनासो पाखेका हुन ।

साधारणसभाको उद्घाटन गर्दै नेपाल तरकारी फलफूल थोक ब्यवसायि महासंघका अध्यक्ष खुम प्रसाद घिमिरेले थोक ब्यवसायिले सरकारले गर्ने काम गरेपनि स्पष्ट नीतिको अभावमा समस्या भोग्न परेको बताए । उनले सरकारी र निजी तरकारी फलफूल बजारको महत्वपूर्ण भूमिका रहेको बताउँदै तरकारी फलफूल किसानको बजार, मूल्यको सुनिश्चितता र बजारीकरणको समस्यामा सरकारको ध्यानजान आवश्यक रहेको बताए ।

ब्यवसायीहरूले आलु, प्याज, फलफूल तरकारीमा म्याट लगाउदा ब्यवसायिमा अन्यौलता र उपभोक्ता महंगिको मारमा परेको गुनासो गरे । लुम्बिनी फलफूल तरकारी थोक ब्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले संस्थाको गतिविधि बारे प्रकास पार्दै देशको आर्थिक गतिविधि चलयमान नहुँदा निजी क्षेत्रका व्यवसायीमा निरासा छाएको बताउँदै सरकारले नासवान वस्तुमा भ्याट लगाउँदा समस्या उत्पन्न भएको बताए  ।

कृषि क्षेत्रमा सम्भावना राम्रो रहेको बताउँदै सहभागीहरुले गुणस्तरीय तरकारी फलफूल दिन व्यवसायी तत्पर रहिरहन पर्ने उल्लेख गरे । कृषि क्षेत्रको अनुदान र काम सेटिङमा हुने गरेको आरोप लगाउँदै अनुदानको फण्डा रहेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले गुनासो गरे । बुटवल थोक बजारको लामो समयहुँदा पनि टेण्डर हुन नसक्दा समस्या उत्पन्न भएकोले बजार व्यवस्थित गर्न आवश्य रहेको उनले बताए ।

बजार बिचौलियको मारबाट अन्त्यहुन आवश्यक रहेको चर्चा गर्दै सहभागीहरुले कृषि नेपालको अर्थतन्त्रको आधार रहेको र सरकारले कृषि उत्पादन र बजारीकरणमा जोड दिन आवश्यक रहेको बताए । कार्यक्रममा नेपाल  थोक व्यवसायी महासंघका उपाध्यक्ष कृष्ण सन्जेल, वडा अध्यक्ष लोकनाथ उपाध्यक्ष,  बुटवल कृषि उपज थोक बजार केन्द्रका अध्यक्ष गोपाल भुसाल, सञ्चारकर्मी दामोदर खनाल, कृषि मानव ज्ञानका प्रमुख दयारामा बस्याल, रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे, होटल ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसि, संस्थाका वरिस्ठ उपाध्यक्ष मोहमद याकुव, महासचिव मेघनाथ पौडेल लगायतले विचार व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।