ताजा अपडेट »

अत्याधिक जाडो बढेपछि रुपन्देहीको मर्चवारीमा ४ दिन विद्यालय विदा

आइतबार, २२ पुस २०८०, १६ : ३६
312 Shares
आइतबार, २२ पुस २०८०
312 Shares

बुटवल। जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले चार दिन विद्यालयमा विदा दिएको छ । गाउँपालिकाको निर्णय अनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामूदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो विदा गरिएको अध्यक्ष गया प्रसाद बरईले बताए । 

‘अत्याधिक जाडो भएको हुनाले बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले वर्षे विदाबाट कट्टा हुने गरी जाडो विदा गरिएको जानकारी गराइन्छ, ’अध्यक्ष बरईद्वारा आइतबार जारी सूचनामा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।