ताजा अपडेट »

एफइसी धनकोष सहकारीले गर्यो स्थापना दिवसमा रक्तदान

शनिबार, २१ पुस २०८०, २० : ३०
140 Shares
शनिबार, २१ पुस २०८०
140 Shares

बुटवल । एफइसी धनकोष बचत तथा क्रृण सहकारी संस्था लिमिटेड मंगलापुर रुपन्देहीले शनिबार रक्तदान कार्यक्रम गरेको छ । संस्थाको २९ औं स्थापना दिवसको अवसर पारेर सहकारीले रक्तदान गरेको हो । सहकारीका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेको सहकारीका वरिष्ठ व्यवस्थापक मुकुन्दहरि ज्ञवालीले जानकारी दिए ।

रक्तदान कार्यक्रमको शुभारम्भ नेपाल स्वयंसेवी रक्तदाता संघ रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले गरेका थिए । त्यस अवसरमा बोल्दै उनले रक्तदान गर्नुका फाइदाबारे जानकारी गराएका थिए । त्यस्तै ६२ वर्षको उमेरमा शेयर सदस्य कमल न्यौपानेले समेत ७० औं पटक रक्तदान गरेका छन् । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष तारानाथ कंडेलले सहकारीले सदस्यहरुको हितलाई मध्यनजर गर्दै आफ्ना कार्यक्रमहरु अगाडि बढाएको र सामाजिक कार्यक्रमहरु पनि गर्दै आएको बताए ।

त्यस अवसरमा कार्यक्रम संयोजक पुष्पा न्यौपाने, संस्थाका सचिव निरज कंडेलगायतले रक्तदान जस्तो पवित्र कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।