ताजा अपडेट »

माइतीघरबाट गोविन्द केसीसहित ७ जना प्रहरी नियन्त्रणमा

शनिबार, २१ पुस २०८०, १२ : ३६
168 Shares
शनिबार, २१ पुस २०८०
168 Shares

काठमाडौं । डाक्टर गोविन्द केसीसहित ७ अन्य अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनीहरुलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

माइतीघर पुगेको केही क्षणमै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउने अधिकार अनि न्याय र सुशासनको माग गर्दै उनीहरू प्रदर्शनमा उत्रिएका थिए । त्यस्तै द्वन्द्वपीडितलाई न्याय दिन तथा माइतीघरको निषेधाज्ञा हटाउन पनि उनीहरूले माग गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।