काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्ने भएको छ । हिजो बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगन गरिएको थियो ।
राष्ट्रियसभाका उम्मेदवारको नामावली टुङ्गो लगाएपछि विधान संशोधनबारे बैठकमा छलफल गरिने नेताहरुले बताएका छन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते सोमबार उम्मेदवारी मनोनयनको समय निर्वाचन आयोगले तोकेको छ ।
प्रतिक्रिया