ताजा अपडेट »

१० हजार मेगावाट विद्युत लैजान नेपाल र भारतबीच सहमतिपत्रमा हस्ताक्षर

विहीबार, १९ पुस २०८०, १३ : २२
138 Shares
विहीबार, १९ पुस २०८०
138 Shares

काठमाडौं । नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको छ । 

बिहिबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा नेपालका तर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतका तर्फबाट भारतीय ऊर्जा सचिव पङ्कज अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

नेपाल र भारतका प्रधानमन्त्रीले घोषणा गरेको ७ महिनापछि सम्झौतामा हस्ताक्षर भएको हो। अब नेपाली बिजुलीले भारतीय मार्केट सहजै पाउनेछ। 

हाल नेपालबाट भारततर्फ साढे ६ सय मेगावाट बिजुली निर्यात हुँदै आइरहेको छ । यो सम्झौता सम्पन्न भएसँगै नेपाललाई बढी हुने सबै बिजुली भारत निर्यात हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।