ताजा अपडेट »

सकियो लुम्बिनी एक्स्पो : ५० करोड आर्थिक कारोबार गर्ने लक्ष्य पूरा भएको दाबी

बुधबार, १८ पुस २०८०, २२ : २४
296 Shares

बुटवल । बुटवल मण्डपको निमार्णाधिन आधुनिक प्रदर्शनी केन्द्रमा रुपन्देही व्यापार संघले आयोजना गरेको ‘लुम्बिनी एक्स्पो–२०८०’ बुधबार सम्पन्न भएको छ । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ५ गतेदेखि १४ दिनसम्म सञ्चालन भएको थियो ।

मेला समापनको अवसरमा सहभागी स्टलहरुबाट छनोट गरी उत्कृष्टहरुलाई सम्मान गरिएको छ ।  मेलामा सहभागी गोल्ड स्टार सुज (उपहार सुज हाउस) प्रथम हुन सफल भयो भने चिनारी महिला साझेदारी अल्लो उद्योग द्वितीय तथा लकासी अचार उद्योग, तिलोत्तमा तृतीय हुन सफल भयो । त्यसैगरि राडीपाखी घरमना उद्योग, शुभ लक्ष्मी हेण्डीक्राफ्ट एण्ड मोडल गार्मेन्ट उद्योग, सिओना लेडिज स्लिपर्श र बजार व्यवस्थापन तथा विक्री कर्मचारी संघ (ओम्स नेपाल)लाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । महिला उद्यमीको तर्फबाट नेचुरल दुना टपरी उद्योग तथा उत्कृष्ट सजावट दुर्गड स्पाइसेस एण्ड फुड प्रोडक्टस प्रा.लि. पुरस्कृत भएको छ ।

प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव बनेको बताए । एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पूरा भएको घिमिरेले दाबी गरे । संघले ५० करोडको कारोबार तथा  १० लाख दर्शकले अवलोकन गर्ने लक्ष्या राखेको थियो ।

butwal mela 2080 (2)मेला समापन समारोहमा लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री लिला गिरीले उत्कृष्ट स्टलहरुलाई सम्मान गरेका थिए । सो अवसरमा बोल्दै गिरीले बर्तमान खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउँन एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले मेलाको सफलताले बुटवल आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने कुरालाई प्रमाणित गरेको उल्लेख गरे । राजनीतिक आन्दोलन सकेर आर्थिक समृद्धिको मुद्दालाई अगाडि बढाउनेतर्फ सबैको ध्यान जानु पर्ने बताउदै उनले व्यापार संघले यस क्षेत्रको आर्थिक विकासमा खेलेको भूमिकालाई कसैले विर्सन नहुने उल्लेख गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यस प्रकारका मेला प्रदर्शनीलाई स्थानिय सरकारहरुले सधै साथ दिने प्रतिवद्धता जनाए । संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागत तथा महासचिव दयानिधि भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद पराजुली, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव यमनारायण देवकोटा लगायत मेला सफल भएकोमा बधाई ज्ञापन गरेका थिए ।

एक्स्पोमा सूचना प्रविधि, कृषि, हस्तकला, प्mलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, रेष्टुरेण्टलगायतका विभिन्न प्रकृतिका करिव ६ सय स्टल सहभागी थिए । एक्स्पोलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, विद्यालयस्तरीय लोकनृत्य, डान्स आइडल, भजन, र्याप लगायतका प्रतियोगिताहरु आयोजना गरिएका थिए ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।