ताजा अपडेट »

बुटवलमा पौष २० देखि लुम्बिनी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता

मंगलबार, १७ पुस २०८०, ११ : ०७
93 Shares
मंगलबार, १७ पुस २०८०
93 Shares

बुटवल । न्यू लुम्बिनी ब्याडमिन्टन क्लब बुटवलको आयोजनामा प्रथम प्रदेश स्तरीय मेयर कप खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । 'राष्ट्रको लागि खेलकूद स्वास्थ्यका लागि खेलकूद भन्ने मूल नाराकासाथ क्लबको कभर्डहल बुटवल-७ शिवनगरमा पौष २० गतेदेखि प्रतियोगिता सुरु हुने भएको हो ।

मेन्स डबलको खुल्ला र भेट्रान्स गरि दुई ईभेन्टमा हुने प्रतियोगितामा २ सय बढी खेलाडी सहभागी हुने आयोजक क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले खुल्लातर्फ ५१ हजार १११ रुपैया नगद राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उपविजेताले ३५ हजार १११ रुपैया नगद राशी प्राप्त गर्ने छ । यसैगरि अन्तिम ४ मा पुग्ने दुई समूहले ११ हजार १११ नगद राशी पाप्त गर्ने आयोजकले जनाएको छ । भेट्रान्सतर्फ विजेताले ३१ हजार १११ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले २१ हजार १११ तथा अन्तिम ४ मा पुग्ने दुई समुहलाई १५ हजार १११ नगद राशी प्रदान गरिने आयोजकले जनाएको छ ।

यसैगरी विधागततर्फ अनुशासित र उदयीमान खेलाडीमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि शुल्लातर्फ प्रतिसमूह ३ हजार तथा भेट्रान्सतर्फ २ हजार ५ सय प्रवेश शुल्क राखिएको छ । प्रतियोगिता समापन गर्न १३ लाख खर्च अनुमान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न बुटवल उपमहानगरबाट ८ लाख तथा लुम्बिनी प्रदेश खेलकुद परिषदबाट ५ लाख आर्थिक सहयोग प्राप्त हुने र विभिन्न निजी कम्पनीहरुबाट प्रायोजनको व्यवस्ता भएको क्बलका अध्यक्ष पियाले जानकारी दिए । प्रदेश खेलकुद परिषद संरक्षक रहेको प्रतियोगितामा विभिन्न निजी कम्पनीलहरुले पुरस्कार सौजन्यका लागि प्रतिवद्धता गरिसकेको उनले बताए ।

प्रतियोगिता बारे जानकारी दिन मँगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी खेलकुद बिकास परिषदका अध्यक्ष जयप्रकाश भट्टराईले प्रतियोगिता नयाँ खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।