ताजा अपडेट »

समाजवादी युवा संघ लुम्बिनी प्रदेशको अध्यक्षमा विकास यादव

सोमबार, १६ पुस २०८०, २१ : ५३
128 Shares
सोमबार, १६ पुस २०८०
128 Shares

भैरहवा । जनता समाजवादी पार्टी, नेपाल (जसपा) निकट समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशको पुर्नगठन भेला शनिबार कपिलवस्तुको तौलिहवामा सम्पन्न भएको छ । भेलाले रुपन्देहीका विकास यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।

अध्यक्षमा चयन भएका यादवले यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए । ७ वर्षदेखि जसपाको विभिन्न पदमा रही काम गर्दै आएका युवा नेता यादव विभिन्न संघ संस्थामा समेत आबद्ध छन् । उनी लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष हुन् । उनी नमो बुद्ध सोसाइटीको अध्यक्ष, श्री जनचेतना माध्यमिक विद्यालय व्यवस्थापन समिति मायादेवी-८, रुपन्देहीको सदस्यलगायत जिम्मेवारीमा छन् । अध्यक्षमा चयन भएका यादवले पार्टीसँग समन्वय गर्दै युवाहरुलाई अघि बढाउने खालको कार्यक्रम गर्ने बताए ।

प्रदेश समितिको उपाध्यक्षमा विरेन्द्र बनिया (बर्दिया), राकेश यादव (कपिलवस्तु), मुख्य सचिवमा राजु यादव (नवलपरासी), सचिवमा अस्फाक अहमद (कपिलवस्तु), वसन्त प्रकाश यादव (दाङ) र कोषाध्यक्षमा सुनिता हरिजन (रुपन्देही) रहेका छन् । त्यस्तै सदस्यहरुमा विकास मौर्य दिवाकर यादव, मिना कुमारी गुप्ता, राकेश ठाकुर, लक्ष्मीना मल्लाह (रुपन्देही), विज्ञान यादव (दाङ), कौशल नागवेशी, सुग्रीम यादव, बब्बु सिंह, रोहित यादव, अब्दुल सहिद, नरेश कुमार चौधरी, रामवृक्ष यादव (क), रामवृक्ष यादव (ख) (कपिलवस्तु), अजय गुप्ता, हृदेश गुप्ता, शैलेश चौहान, श्याम प्रकाश यादव, श्यामलाल चौहान (नवलपरासी), अश्विन पौडेल, प्रहलाद गोडिया र सुरेश यादव (बर्दिया) रहेका छन् ।

नवगठित समितिलाई समाजवादी युवा संघ, नेपालका केन्द्रीय महासचिव दिलिप पटेलले सपथग्रहण गराएका थिए । समाजवादी युवा संघ नेपाल लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष विकास यादवको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष संजीव यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, रेनु राज सिंह लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।