ताजा अपडेट »

स्थानीय तहको पर्यटन प्रवद्र्धनकालागि पर्यटन पत्रकारको सक्रियता

विहीबार, ०२ फागुन २०७५, २२ : ५६
8 Shares


फागुन २,
बुटवल । नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीले जिल्लाका स्थानीय तहमा रहेका पर्यटकीय स्थलको प्रवद्र्धनका लागि सक्रियताका साथ योजना बनाएको छ । यसकालागि संघले स्थानीय तहसँगको समन्वयमा पर्यटन प्रवद्र्धन सम्वन्धी कार्यक्रम गर्ने भएको छ । स्थानीय स्तरमा भएका पर्यटन सम्वन्धी स्थलहरुकोे पहिचान र प्रर्वद्धनका लागि स्थानीय तहसँगको समन्वयमा महासंघले कार्यक्रम गर्ने भएको हो ।


महासंघको बिहीबार बुटवलमा बसेको बैंठकले रुपन्देहीका देवदह, तिलोत्तमा, सिद्धार्थनगर, लुम्विनी लगायतका नगरपालिकामा कार्यक्रम गर्ने निर्णय गरेको महासंघका रुपन्देही अध्यक्ष नरेश के.सी.ले जानकारी दिनुभयो । उहाँले जिल्लामा अधिकांश पर्यटकीय स्थलहरु भएतापनि तिनको प्रचार प्रवद्र्धन हुन नसकेकाले स्थानीय तहमै पुगेर कार्यक्रम गर्न लागेको बताउनुभयो।


कार्यक्रम अन्तरगत देवदह नगरपालिकामा संयोजक झविन्द्र देवकोटा, तिलोत्तमा नगरपालिकामा संयोजक एनबी कंडेल, सिद्धार्थनगर नगरपालिकामा संयोजक माधव न्यौपाने र लुम्विनीमा अध्यक्ष नरेश केसिलाई बैंठकले संयोजक तोकेको छ । जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रशारका लागि विभिन्न खाले रचनात्मक कार्यक्रम गर्ने कार्यक्रम रहेको सचिव तेजेन्द्र के.सी.ले जानकारी दिनुभयो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।