ताजा अपडेट »

गार्गीमा बाल प्रतिभा उजागर गर्न किड्स फेस्टिबल

शनिबार, १४ पुस २०८०, १६ : ३०
62 Shares
शनिबार, १४ पुस २०८०
62 Shares


बुटवल । स्थापनाको छोटो समयमै सफलताको शिखर चुम्न सफल बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले बालबालिको प्रतिभा उजागर गर्न शनिबार किड्स फेस्टिबल सम्पन्न गरेको छ । बालबालिकाको अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गराउँदै हरेक विद्यार्थीलाई मञ्चमा पु¥याउने गरी विद्यालयले बच्चाहरूको उत्सव गरेको हो ।


सो अवसरमा बोल्दै निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) रूपन्देहीका अध्यक्ष अनन्तराम शर्माले यस्ता उत्सवहरूले बालप्रतिभा उजागर गर्न उपलब्धीमूलक सावित हुने बताए । बालबालिकाको प्रतिभा पहिचान गर्दै प्रोत्साहन गर्ने विद्यालयलको विद्यार्थी हरेक क्षेत्रमा अब्बल हुने अध्यक्ष शर्माको भनाइ छ ।
कार्यक्रममा प्याब्सन बुटवलका अध्यक्ष मित्रहरि आचार्यले गार्गीले छोटो समयमा अभिभावकको मन जितेर सबैको रोजाइमा परेको भन्दै प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य भुवन अधिकारीले हरेक विद्यार्थीमा रहेको कुनै न कुनै प्रतिभालाई उजागर गर्न विद्यालयले यस्ता कार्यक्रमहरु गर्दै आएको बताए । बाल उत्सवमा नर्सरीदेखि कक्षा ३ सम्मका १ हजार ६३ जना विद्यार्थीहरू सहभागी भएको प्राचार्य अधिकारीले जानकारी दिए ।

उत्सवमा बालबालिकाहरुले नृत्य, गायन, नाटक, स्पिच लगायतका प्रस्तुती प्रस्तुत गरेका थिए । विद्यालयले समय समय विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । सो अवसरमा विद्यालयका सञ्चालक जीवन अधिकारी, लोकराज शर्मा सल्लाहकार राजेन्द्र ढकाल लगायतले बोलेका थिए ।

विद्यालयका अध्यक्ष रणबहादुर थापाको अध्यक्षता, प्राचार्य भुवन अधिकारीको स्वागत तथा मावि शिक्षक नवराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । २०६८ सालमा स्थापित विद्यालयमा अहिरे २ हजार विद्यार्थीहरू अध्ययनरत छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।