ताजा अपडेट »

सरकारी वकिल बिरुद्ध गौरमा प्रर्दशन

मंगलबार, १० पुस २०८०, ०९ : १७
118 Shares
मंगलबार, १० पुस २०८०
118 Shares

रौतहट । छात्रलाई छुरा प्रहार गरेर हत्या गरिएको विषयलाई लिएर पीडित पक्षद्वारा गौरमा सरकारी वकिल कार्यालय विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

पीडित पक्षद्वारा दिइएका जाहेरीबाट दुई जनाको नाम हटाएर प्रहरीले सरकारी वकिल कार्यालयमा अभियोजन पत्र पेश गरेपछि दोषीलाई उन्मुक्ति दिएको भन्दै मृतकका आफन्तले गौरमा प्रदर्शन गरेका हुन् ।

जिल्लाको राजदेवी नगरपालिकाको मुडवलवामा कार्तिक २४ गते शुक्रबार सोही पालिकाको ७ नम्बर स्थित श्रीनेमधारी बासुदेव माध्यमिक विद्यालयमा अध्ययनरत छात्रमाथि छुरा प्रहारबाट भएको थियो ।

साेही पालिकाको वडा नम्वर ६ का नागेन्द्र प्रसादका १८ वर्षीय छोरा राहुल साहमाथि छुरा प्रहार हुँदा गम्भीर घाइते भएका थिए । उनलाई ४ जना मिलेर पटक पटक छातीमा छुरा प्रहार गरेको पिडित पक्षको भनाइ छ । 

छात्र साहको उपचारको क्रममा मृत्यु भएपछि राजनीतिक आवरणमा पीडकलाई उम्काउने कार्य भएको मृतकको आफन्तहरुले आरोप लगाउदै आएको छ ।

राजदेवी नगरपालिका ६ का राहुल गुप्ताले अन्य तीन जनाको सहयोगमा छुरा प्रहार गरेका थिए । सोही पालिकाका मुकेशकुमार गुप्ता, मनिषकुमार गुप्ता र विनोद साह, राहुल गुप्ताले मृतक साहलाइ छुरा प्रहार गरेको पिडित पक्षको दावि छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका छात्रलाई शिक्षकहरुको सहयोगमा प्रादेशिक अस्पताल गौरमा भर्ना गरिए पनि त्यहाँ उपचार सम्भव नभएपछि एलएस न्यूरो अस्पताल परवानीपुर, बारामा उपचारका क्रममा कात्तिक २७ गते सोमबार बिहान मृत्यु भएको थियो ।

मृतक राहुलका बाबुले छोराको मृत्युपछि घाउजाँचको निवेदन एवं ज्यान मार्ने उद्योगमा प्रहरीमा किटानी जाहेरी दिएको भए पनि छोराको उपचारका क्रममा आफूलाई ४ जना मिलेर छुरा प्रहार गरेको भनेपछि पुनः ४ जना विरुद्ध जाहेरी दिएकोमा राहुल गुप्ता र मनिष झा विरुद्ध मात्र जाहेरी दर्ता गरेको, मुकेशकुमार गुप्ता र विनोद साहलाई प्रहरी र सरकरी वकिल      कार्यालयले रकमको चलखेल गरेर उन्मुक्ति दिएको मृतकका बुबा नागेन्द्र प्रसाद साह र उनको परिवारजनले गम्भीर आरोप लगाए ।

मनिष झाविरुद्ध जाहेरी दर्ता भए पनि हालसम्म पक्राउ नगरेको भन्दै प्रहरी र सरकारी वकिल कार्यालय सँग पिडितहरु आक्रोशित बन्दै गौरमा नाराबाजी गर्दै सडकमा उत्रनु परेको बताइएको छ ।

यस विषयमा रौतहट प्रहरीका एसपी महेन्द्रकुमार श्रेष्ठले छुरा प्रहार गर्ने चार जना वा अन्य कुनै सहभागी रहेको भन्ने बारेमा अनुसन्धान गर्दै जाँदा पीडित पक्षले लगाएको आरोपमा दुई जना युवकको मोवाइल लोकेशन बुझ्दा काठमाडौंमा देखिएको हुँदा जानाजान कसरी नभएको व्यक्ति विरुद्ध मुद्द दर्ता गर्दा उनीमाथि अन्याय हुने भएको हुँदा दुई जनाको मात्रै अभियोजन पत्र तयार गरेर सरकारी वकिल कार्यालयमा पठाइएको उनले स्पष्ट पारे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।