ताजा अपडेट »

कालिकाका लेख बहादुरलाई ५ किलोमिटर दौडको उपाधि

शुक्रबार, ०६ पुस २०८०, १६ : ३३
58 Shares
शुक्रबार, ०६ पुस २०८०
58 Shares

बुटवल । कालिका मानव ज्ञान माविको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा जारी तेस्रो जिल्ला स्तरीय कालिका रनिङशिल्ड प्रतियोगिता २०८० अन्तरगत शुक्रबार भएको ५ किलोमिटर दौडको उपाधि कालिका मानव ज्ञान माबिका लेख बहादुर झेडी मगरले हात पारेका छन । उनले १७ मिनेट ६ दशमलव ६१ सेकेन्डमा दौड पूरा गरि प्रथम भएका हुन।

उनी गतवर्ष पनि विजेता थिए। कालिका कै सलामुद्घिन अन्सारीले १७ मिनेट २० दशमलव ७६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो तथा नवीन औद्योगिक माविका दिपक विश्वकर्माले १७ मिनेट ३० दशमलव ६९ सेकेन्डमा दुरि पार गर्दै तेस्रो भए । शान्ति स्कुलका अन्सुल श्रेष्ठ १७ मनिेट ३४ दशमलव ८९ सेकेण्डमा दुरि पार गर्दै चौथो भएको खेल संयोजक हरिस ओलीले बताए।

विजेता, उपविजेता खेलाडीहरुलाई शनिबार औपचारिक कार्यक्रमका बीच पुरस्कृत गरिने उनले बताए। प्रतियोगितामा २२ विद्यालयका ३० जनाले भाग लिएका थिए। प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।