ताजा अपडेट »

वेस्ट म्युजिक भिडियो मोडेल एक्टिङको अर्वाड बुटवलकी मिरा महोत्रालाई

शुक्रबार, ०६ पुस २०८०, १५ : ३३
36 Shares

बुटवल । ‘इन्डो–नेपाल सुजन म्युजिक अवार्ड २०२३’ को वेस्ट म्युजिक भिडियो मोडेल एक्टिङ तर्फको पब्लिक छनोट बुटवलकी मिरा महोत्रा पर्न सफल भएकी छिन् ।

सुजन म्युजिक प्रा.लि.को आयोजनामा भएको सो अर्वाड कार्यक्रम यही डिसेम्बर १६ मा भारतको नयाँ दिल्लीमा गायिका जमुना रानाको अध्यक्षता र भारतका लागि नेपालका राजदुत डा.शंकर शर्माको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट ५ परेका मध्यबाट पहिलो भएकालाई अर्वाड प्रदान गरिएको थियो ।

जसमध्य बुटवलबाट मेडलिङ गर्न सुरु गरेकी महोत्रा वेस्ट म्युजिक भिडियो मोडेल एक्टिङ तर्फ उत्कृष्ट हुँदै अर्वाड हात पारेकी हुन् । महोत्राले वि.स.२०७५ मा पहिलो पटक ‘अधुरो प्रेम’ गितको म्युजिक भिडियोबाट डेब्यु गरेकि थिइन् । गुल्मीमा जन्मिएकी महोत्राले अहिलेसम्म करिब २ दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

https://youtu.be/88STHrYWM3I?si=ax-vMAKVlOI4cyKN
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।