ताजा अपडेट »

लुम्बिनी प्रदेश राजधानी देउखुरीमा शनिबार मगर संघको विशाल सभा

शुक्रबार, ०६ पुस २०८०, १५ : २८
50 Shares
शुक्रबार, ०६ पुस २०८०
50 Shares

बुटवल । नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टा मगरले संघीयताको मूल मर्म अनुसार काम नहुँदा यसको विरुद्धमा आवाज उठ्न थालेको बताए । विभिन्न धार्मिक समूह तथा जातीय समूहको नाममा संघीयतामाथि प्रहार हुनुका साथै पहिचानको मुद्दालाई हराउन खोजिएको उनको आरोप छ ।

मगर समुदायको भाषा संस्कृति र पहिचानका लागि संघले विगतदेखि आन्दोलन गर्दै आएको बताउँदै उनले संघीयताको मर्म आदिवासी जनजातीको अधिकार र पहिचान स्थापित हुन नसकेको उल्लेख गरे । मगर भाषा संस्कृतिको रक्षाका लागि यही समुदायबाट निर्वाचित जनप्रतिनिधि तथा सांसदहरुले समेत गम्भिर नभएको टिप्पणी गरे । शनिवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दांगमा हुने नेपाल मगर संघको बृहत मगर जनसभा बारे जानकारी गराउन बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विरकट्टाले मगर सांसदहरु मगरहरुको पक्षमा बोल्न नसकेको टिप्पणी गरे ।

संबिधानमा व्यवस्था भएको कुरालाई कानुन बनाएर कार्यान्वयन गर्न नसक्दा मगर समुदायको हकअधिकार सुरक्षित हुन नसकेको धारणा राखे । उनले पूर्ण समानुपातिक प्रतिनिधित्व, सामथ्र्य र पहिचान सहितको संघीयता मगरात प्राप्तीको लागि आन्दालित हुन थप उर्जाशिल हुने संकल्प गर्दै लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजी भाषाको रुपमा अविलम्ब कार्यान्वयन गराउन दवाव मुलक जनसभा आयोजना गरिएको बताए ।

‘संविधानका प्राप्त उपलब्धिहरुको रक्षा गर्दै आत्मसम्मान सहितको जातीय पहिचानका लागि एक जुट हौं ।’–भन्ने मूल नाराका साथ हुने जनसभामा ५० हजार बढीको उपस्थिती हुने आदीवासी जनजाती पत्रकार महासंघका रुपन्देही अध्यक्ष सोनु थापाले दावी गरे । कार्यक्रममा नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष आन बहादुर सोती, सचिव थर्क बहादुर बाह्रघरेले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।