ताजा अपडेट »

मन्त्रिपरिषद्को निर्णय :क्रिकेट र फुटबल खेलाडीलाई एक करोड ५६ लाख

विहीबार, ०२ फागुन २०७५, २१ : १३
8 Shares

फागुन २,

काठमाण्डौं । सरकारले  क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

निर्णयहरु सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले खेलाडीहरुको प्रोत्साहनका लागि पुरस्कार दिने निर्णय गरेको जानकारी दिए ।

क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य प्रशिक्षकलाई तीन लाख, अफिसियललाई जनही दुई लाख रकम दिने निर्णय भएको छ। त्यस्तै सरकारले फुटबल खेलाडीलाई दुई लाख र शारीरिक सुगठन प्रतियोगिताका विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई पाँच लाख दिने निर्णय गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।