ताजा अपडेट »

प्लाष्टिकको बोरामा १८ किलो सुन,प्रहरीद्वारा बरामद

विहीबार, ०२ फागुन २०७५, २१ : ०८
2 Shares

फागुन २,

कञ्चनपुर ।  पुनर्बास नगरपालिका २, दशरथबस्तीबाट प्रहरीले बिहीवार दिउँसो १८ किलो सुन बरामद गरेको छ । निर्मला बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको टोलीले सुनबारे सुराक पाएको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी सुदिप गिरी र महागनरीय अपराध महाशाखाका डीएसपी रुगम कुँवरको टोली खटिएका थिए । 

एसपी गिरी र डीएसपी कुँवरको टोलीले सुनबारे सुराक पाएको शंकास्पल घरमा छापा मारेको थियो । छापा मार्दा शुरुमा त केही भेटिएन । तर, पछि एउटा कोठामा स्टोर गरि राखेको आलुलाई पन्छाउँदा त्यहाँ खोस्रिएको जस्तो सुख्खा माटो भेटियो र प्रहरीले त्यहाँ खन्न शुरु गर्यो । प्रहरीले खन्न शुरु गरेको केहीबेरमै त्यहाँबाट सेतो प्लाष्टिकको बोरामा फेला पार्यो । जसमा सुनका १८ वटा बिस्कुट थिए । 

हरेक सुनको विस्कुटलाई कालो कपडा बेरिएको थियो । कपडाको हरेक पोका खोलेर हर्दा हरेकमा सुन भेटिएको थियो ।प्रहरीका अनुसार, प्रारम्भिक अनुसन्धाले उक्त सुन भारतबाट ल्याइएको देखिएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।