ताजा अपडेट »

नदीमा बस खस्दा ४ जनाको मृत्यु

विहीबार, ०२ फागुन २०७५, २० : ३५
12 Shares

फागुन २,
जाजरकोट ।  । भेरी नदीमा बस खस्दा ४ जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको हो ।

आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको प्रहरीले जनाएको छ । आठ जना यात्रु बोकेको बस के कारणले दुर्घटनामा परेको भन्नेबारे खुल्न सकेको छैन् ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । चार जनाको शव निकालिसकिएको छ । अन्य चार जनाको उद्दार गरिएको छ । अहिले सो क्षेत्रमा पानी परिरहेकाले उद्दारमा थप समस्या भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।