ताजा अपडेट »

‘टिम अफ द टुर्नामेन्ट’मा भारतका ६ खेलाडी, काे-काे परे ?

सोमबार, ०४ मंसिर २०८०, १६ : २९
12 Shares

काठमाडौं । आईसीसीले सन् २०२३ को विश्वकप खेल्ने खेलाडीको टोली तयार गरेको छ । यसमा पाँच देशका १२ खेलाडीलाई स्थान दिइएको छ । आईसीसीले यसलाई ‘टिम अफ द टुर्नामेन्ट’ भनेको छ ।

आईसीसी विश्वकप टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । टोलीको कमाण्ड पनि भारतीय कप्तान रोहित शर्मालाई सुम्पिएको छ । आइतबार अहमदाबादमा भएको फाइनलमा अष्ट्रेलियासँग भारतीय टोली पराजित भएको थियो ।

अस्ट्रेलियालाई च्याम्पियन बनाएका र फाइनलमा म्यान अफ द म्याच चुनिएका ट्राभिस हेडले आइसीसी टोलीमा स्थान पाउन सकेका छैनन् । फाइनलमा हेडले १३७ रन बनाएका थिए ।

यो टोलीमा दुई अस्ट्रेलियाली खेलाडी ग्लेन म्याक्सवेल (४०० रन) र एडम जाम्पा (२३ विकेट)ले स्थान पाएका छन् ।

भारतका ६ खेलाडी

टोलीमा सबैभन्दा बढी ६ खेलाडी भारतका छन् । रोहित शर्मा (५९७ रन) टिमको कप्तान बनेका छन् । टोलीमा परेका भारतीय खेलाडीमा विराट कोहली (७६५ रन), केएल राहुल (४५२ रन), रविन्द्र जडेजा (१२० रन र १६ विकेट), जसप्रित बुम्हार (२० विकेट) र मोहम्मद शामी (२४ विकेट) छन्।

यो टोलीमा दक्षिण अफ्रिकाका क्विन्टन डी कक (५९४ रन) र जेराल्ड कोएट्जी (१२औं खेलाडी), न्यूजिल्याण्डका ड्यारेल मिचेल (५५२ रन) र श्रीलंकाका दिलशान मधुशंका (२१ विकेट) छन्।

टोली छनोट गर्नेमा इयान बिशप, तीन कमेन्टेटर, एकजना पत्रकार र आईसीसीका महाप्रबन्धक वासिम खान थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।