१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको झिलिमिलीसँगै देउसी भैलो खेल्ने परम्परा रहेको छ । देउसी भैलोलाई व्यवस्थित बनाउन भन्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ५०१ रुपैयाँभन्दा बढी दक्षिणा नदिन आग्रह गरेको छ । यसैगरी बुटवल उपमहानगरले पनि देउसी भैलो खेल्न आउनेलाई १ हजार १ सय रुपैयाभन्दा बढी नदिन आग्रह गरेको छ ।

स्थानीय सरकारको सूचना र आग्रहलाई सही मान्ने कि, जिल्ला प्रशासन कार्यलयको सूचना र आग्रहलाई सही मान्ने बुटवलका घरवेटी भने अन्यौलमा छन् । “पालना नभए पनि तिहारको समयमा देउसी भैलो खेल्न आउनेलाई दक्षिणा दिने दर/रेट विगतका वर्षहरुमा पनि तोक्ने गरिन्थ्यो ।”-बुटवलका एक घरवेटीले भने,  तर यसरी अलमल पार्ने खालको दुई वटा दर/रेट सुन्दा कसको पत्याउने अलमल परियो ।”

जिल्ला प्रशासन कार्यालयले तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ । बुटवल उपमहानगरले पनि चाडपर्वलाई सभ्य र मौलिक मनाउन भन्दै दक्षिणाको दर/रेट तोकेको छ । यसरी दुई सरकारी कार्यालयबाट एउटै प्रयोजनका लागि जारी भएका दुई फरक-फरक मापदण्डले कार्यान्वयन गर्न चाहनेहरुलाई समेत दोधारमा पारेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने