ताजा अपडेट »

रोसन नेपाल स्मृति प्रतिस्ठानको दशौँ स्मृति दिवस तथा साधारणसभा

आइतबार, २६ कार्तिक २०८०, ११ : १५
56 Shares
आइतबार, २६ कार्तिक २०८०
56 Shares

बुटवल । रोसन नेपाल स्मृति प्रतिस्ठानको दशौँ स्मृति दिवस तथा साधारणसभा विद्यार्थीलाई छात्रवृत्ति वितरण र विभिन्न सम्मान कार्यक्रम शनिवार बुटवलको कालिका मानव ज्ञानमा सम्मपन्न भएको छ। रोसन नेपाल स्मृति प्रतिस्ठानका अध्यक्ष ऋषिराम भुषालको अध्यक्षता र प्रा. डा. रामचन्द्र आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले कार्यक्रममा बोल्दै छोरा रोसनको अमेरिकामा देबसान पस्चात बाबा छवि नेपालले स्मृति प्रतिस्ठानको परिकल्पना गरेको बताए ।

सोहि अबसरमा रोसन स्मृतिका संरक्षक छबि नेपालको निधनले झन यो परिवार रोशन नेपाल स्मृति प्रतिठनमा र राष्ट्रमा ठुलो बज्रपात परेको बताउनु भयो। कार्यक्रममा बोल्ने बक्ताहरुले रोसन नेपाल होनहार युवा रहेको र अमेरिकामा अध्ययन सक्काय पस्चात जागिर प्रारम्भ गर्दै गर्दा सडक दुर्घटनामा परि उहाको निधनले पारिवारि क्ष्यति मात्रै नभै सिङ्गो राष्ट्रको लागि क्ष्यति भएको बतायका थिए । रोशन नेपालले पुलचोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेकाले इन्जिनियरिङ अध्ययनरत एक जना विधार्थिलाइ छात्रवृत्ति प्रदान गर्ने उदेश्यले तिनलाख छात्रवृत्ति अक्षयकोष हालै मात्रै निर्माण गरेको र रुपन्देहीका सामुदायिक तथा सस्थागत बिधालयका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गर्दै आयको संरक्षक साबित्री नेपालले जानकारी दिए ।

रोशन नेपाल स्मृति प्रतिष्ठान खुल्ला सस्था रहेकोले सबैलाई सदस्य बन्न आग्रह गरे । कार्यक्रममा छवि नेपाल स्मृति पुरस्कारबाट कौशलराज बस्याललाइ पुर्व अध्यक्ष प्रा। डा। रामचन्द्र आचार्य पुर्व सचीव कृष्ण प्रसाद नेपाललाई सम्मान गरियको थियो भने सामुदायिक बिधालयमा अध्ययनरत बिद्यार्थीहरु एसइइमा उत्कृष्ट अन्क ल्याउने जनजागृति माबिका रोजिना पौडेल र हरैयामा बि का समुन्द्र ढुंगाना र सस्थागत बिधालय अध्ययनरत बिद्यार्थी बुटवल पब्लिक बैभब क्षेत्री, प्रभात आवासीय मा बि का प्रशान्त भट्टराई सम्मानित भएका हुन् ।

सस्थागत सदस्यता प्राप्त विद्यालयका सिद्धार्थ बोडिङ नविन पान्डे, महाबिर इङलिस स्कुलका राजिब अग्रहरि, उजिर सिहमाविका रोषन खत्री र पृन्सकला सुनारलाइ सम्मान गरियको थियो। कार्यक्रममा रामचन्द्र आचार्य, कौशल राज बस्याल,भानु माविका प्र।अ। मोतिलाल सुबेदि, सम्मानित बिद्यार्थीको तर्फबाट समुन्द्र ढुंगाना लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत उपाध्यक्ष रामलाल श्रेष्ठ र सन्चाल मोहन दास शर्माले गरेको थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।