ताजा अपडेट »

नेपालीले आज कालो पट्टी बाँधेर खेल्दै, टिकट विक्रिबाट संकलित आधा रकम भूकम्पपीडितलाई

आइतबार, १९ कार्तिक २०८०, १० : ४९
16 Shares
आइतबार, १९ कार्तिक २०८०
16 Shares

बुटवल । नेपाली क्रिकेट टोलीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा ओमानविरुद्ध कालो पट्टी बाँधेर खेल्ने खेल्दै छ । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युड भुकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा नेपालले कालो पट्टी बाँधेर खेल्न लागेको हो ।

नेपालले आजको खेलबाट बिक्री हुने ५० प्रतिशत टिकट मूल्य भुकम्प प्रभावितलाई दिने घोषणा गरि सकेको छ ।
नेपालले पाखुरामा कालो पट्टी बाँधेर खेल्दैछ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । दीपेन्द्रसिंह ऐरीको स्थानमा सन्दीप जोरालाई मौका दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।