ताजा अपडेट »

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस

विहीबार, ०२ फागुन २०७५, ०९ : १९
62 Shares

फागुन २,
ग्लोबल आवाज
बुटवल । आज भयालेन्टाइन डे अर्थात् प्रणय दिवस यो दिवस हरेक वर्षको १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । विशेषगरी युवा–युवतीले एक–आपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन ।


भ्यालेन्टाइन डे स्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहासलाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे ।

उनले सम्राटको उर्दीको विपरित लुकिछिपी जोडीहरूलाई बिहे गराइदिन थाले । एक कान, दुई कान हुँदै यो कुरा सम्राटको कानसम्मपुग्यो । भ्यालेन्टाइनलाई पक्राउ गरियो र जेलमा थुनियो । जेलरकी छोरी उनलाई भेट्न जेलमा आइरहन्थिन् । झुण्ड्याइनु अघि उनले “ीयखभ ाचयm थयगच ख्बभिलतष्लभ” भनि हस्ताक्षर गरी एउटा नोट ती महिलालाई दिए । भ्यालेन्टाइनलाई ई। पू। २७० को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइयो । विश्वास गरिन्छ कि उनले ती महिलालाई प्रेमका बारेमा दिएको लिखतबाट भ्यालेन्टाइन्स डेका दिन आफ्नो सन्देश लेखेर दिने चलन चलेको हो । उनलाई मृत्युदण्ड दिएको दिनमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।

उनको बुझाइ थियो‘अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् । त्यसैले उनले राजाज्ञा अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित मात्र गरेनन् युवायुवतीका जोडीहरू तयार पारी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे र निषेधाज्ञा तोडेको आरोपमा उनलाई ई। पू। २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झनामा भ्यालेन्टाइन डे मनाउन थालिएको हो । विश्वभरि नै यस दिनलाई उत्सवको रूपमा मनाउने गरिन्छ ।

त्यसै समयदेखि महान प्रेमी भ्यालेन्टाइन को सम्झनामा प्रत्येक वर्ष फ्रेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ । तर, नेपाली समाजमा प्रेम दिवसको बढ्दो क्रेजले शंका पनि उब्जिएको छ ।

कतिपयले यसलाई पश्चिमा संस्कृतिको संज्ञा दिँदै नेपाली समाजमा विकृति भित्रिएको बताउँदै आएका छन् । तर, प्रेमको कुनै संस्कृति र दायरा हुुँदैन भन्ने मान्यता पनि छ । विश्वव्यापी समाजमा प्रेमबिनाको शहर नै छैन । अर्थात् प्रेम सर्वव्यापी र आवश्यक मात्र नभई मानव जीवनको आधार पनि हो । तसर्थ यस दिनलाई बास्तवै प्रेममय र दिगो सम्बन्ध स्थापना र कायम गर्ने दिनको रुपमा मनाउनुु पर्दछ । तसर्थ कुनै महिला र पुुरुष बिचको मात्र नभई सबैका बिच सुमधुर सम्बन्ध कायम रहोस् । प्रेम दिवसको शुुभकामना ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।