१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

बुटवल । आइसिसी विश्वकप २०२३ मा आज भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुनेछ । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्वालासिको भनिन्छ । विश्वकपको सबैभन्दा बढी प्रतिक्षा गरिएको खेल निकै कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पाकिस्तानको बाबर आजम र भारतको रोहित शर्माले कप्तानी गर्नेछन् ।

Advertisement

भारतले अघिल्लो महिना एसिया कपमा पाकिस्तानलाई २ सय २८ रनले हराएको थियो । भारत एसिया कप जित्दै उच्च मनोबलका साथ विश्वकप खेल्न आएको छ । विश्वकपमा पाँच पटकको विश्वकप विजेता अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।

पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । त्यस्तै श्रीलंकालाई पाकिस्तानले ६ विकेटले हराएको थियो । श्रीलंकालाई हराउदा पाकिस्तानले ३ सय ४५ रनको विशाल लक्ष्य पूरा गरेको थियो । त्यसैको कारण पाकिस्तानको मनोबल उच्च छ ।

आन्तरिक राजनीतिको कारण यी दुई देशले एसिया कप र विश्वकप मात्रै खेल्दै आएका छन् । त्यसैको कारण विश्व क्रिकेटमा सबैभन्दा बढी लोकप्रियताका साथ हेरिन्छ । भारत घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै पाकिस्तानलाई हराउन चाहन्छ । पाकिस्तान भारतलाई घरेलु मैदानमा हराउँदै उपाधि दाबेदार प्रस्तुत गर्न चाहन्छ ।

भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम दुई प्रमुख ब्याटर हुन् । विश्वमा यी दुई ब्याटरमा को उत्कृष्ट भन्ने चर्चा चल्दै आएको छ । आजको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । ओडिआई वरियताका नम्बर वान ब्याटर बाबरको प्रदर्शनले पाकिस्तानको योगफल धेरै निर्भर पार्नेछ ।

पाकिस्तानका मोहम्मद रिजवान सवैभन्दा भरपर्दा ब्याटर हुन् । श्रीलंकालाई हराउन उनले १ सय ३१ रनको शतकीय इनिङ खेलेका थिए । भारतविरुद्ध रिजवानले लगातार राम्रो गर्दै आएका छन् । रिजवानले स्पिन राम्रो खेल्ने हुँदा भारतविरुद्ध पुन हाबी हुनसक्छ । ओपनर अब्दूल्लाह शफिकले श्रीलंकाविरुद्ध शतक हानेका थिए । अर्का ओपनर इमाम उल हकको प्रदर्शन त्यति राम्रो छैन । उनीबाट राम्रो प्रदर्शन चाहन्छ ।

पाकिस्तानको मध्यक्रम ब्याटिङ कमजोरीको रुपमा छ । इफ्तिखर अहमद र साउद सकिलको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । शादब खान र मोहम्मद नवाज तल्लोक्रममा ब्याटर हुन् ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र हसन अली छन् । अफ्रिदी र रौफ मुख्य हतियार हुन् । यी दुई बलरको उच्च प्रदर्शन विना पाकिस्तानको जित निकै कठिन देखिन्छ । हसन अलीले पनि राम्रो पूनरागमन गरेका छन् ।

भारतका कप्तान रोहिन शर्मा राम्रो लयमा छन् । अफगानिस्तानविरुद्ध शतक हान्दै पाकिस्तानसँग खेल्नुअघि राम्रो तयारी गरेका छन् । भारतले आजको खेलमा एक परिवर्तन गर्ने सम्भावना छ ।

ईशान किशन बेन्चमा बस्दा शुभमन गिलले ओपनिङ गर्नेछन् । डेग्रींको कारण गिलले दुई खेल गुमाउँदा ईशानले ओपनिङ गरेका थिए । तर मध्यक्रममा खेल्ने ठाउँ नहुँदा ईशान बेन्चमा बस्ने देखिन्छ ।

भारतको ब्याटिङ मुख्य हतियार हो । विराट कोहली, श्रेयस ऐर र लोकेश राहुलले तीन देखी पाँच नम्बरसम्म सम्हाल्नेछन् । भारतको ब्याटिङ शीर्ष पाँचमा धेरै भर पर्नेछ । राहुलले अष्ट्रेलियाविरुद्ध ३-२ को अवस्थाबाट ९७ रनको इनिङ खेल्दै जित दिलाएका थिए । राहुलको लय पाकिस्तानी बलरलाई घातक बन्नसक्छ ।

हार्दिक पान्ड्या र रविन्द्र जडेजा तल्लोक्रम ब्याटिङ सम्हाल्नेछन् । तीव्र गतिका बलर जस्प्रित बुमराह मुख्य हतियार हुन् । उनको बलिङ खेल्न सहज हुनेछैन । स्पिनर कुलदीप यादव पनि पाकिस्तानलाई लगातार भारी पर्दै आएका छन् । भारतले तल्लोक्रम ब्याटिङ बलियो बनाउन शार्दुल ठाकुरलाई खेलाउने सम्भावना छ ।

हेड टु हेड : भारत र पाकिस्तानबीच विश्वकपमा ७ खेल भएका छन् । सबै खेलमा भारत विजयी भएको छ ।

पाकिस्तानको टोली : फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम ९कप्तान०, मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।

भारतको टोली : रोहित शर्मा ९कप्तान०, हार्दिक पान्ड्या, शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, मोहम्मद शामी, रविन्द्रन आश्विन, ईशान किशन र सूर्यकुमार यादव ।

प्रतिकृया दिनुहोस्

Flash News

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी