१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौं । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्ममय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी  ‘सत्यको खोज’ सार्वजनिक भएको छ । 

Advertisement

शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन । शुक्रबार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा यो युगकै एउटा ननिभ्ने ज्योति भएकोसमेत बताए । रसिकको यो १५ ओैं कृति हो ।

सत्यको खोज कृतिको समीक्षा गर्दै समिक्षक गोपीकृष्ण ढुंगानाले सत्यको खोज वाङ्मय शताब्दीपुरूष सत्यमोहन जोशीको गहिराईमा पसेर लेखिएको महत्वपूर्ण दस्तावेज भएको बताए । उनले सत्यको खोजको हरेक च्याप्टर एक गहिरो अनुसन्धानमुलक कृति भएकोसमेत बताएका छन । वाङ्मयपुरूष जोशी पुत्र अणुराज जोशीले सत्यको खोज भित्र सत्यमोहन जोशीको ईति वृतान्त समावेश रहेको र लेखक रसिकको लेखन शैली आकर्षक भएकाले पाठकले कृति रूचाउने बताए ।

सो कार्यक्रममा  आर मानन्धरद्वारा लिखित जनकवि दुर्गालाल श्रेष्ठको जीवनी ‘कवि कविताको छवि दुर्गालाल श्रेष्ठ’ र कमल प्रसाद मल्लको ‘क्लासिकल नेवार लिट्रेचर’ पनि एकसाथ लोकार्पण भएको छ।  लेखक आर मानन्धरले जनकवि दुर्गालाल श्रेष्ठले नेपाल भाषा आन्दोलनमा साहित्य, गीत, नाटकबाट जनताका लागि चेतना जगाउन पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए। 

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले आफ्नो भौतिक शरीरको भर नरहे पनि कृतिमार्फत आर मानन्धरले आफ्ने जीवनको पुरै चित्र कृतिमा उतारेको बताए । समिक्षक सुरेश किरण मानन्धरले ‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’को समीक्षा गरेका थिए । उनले जनकवि श्रेष्ठको बारे लेखिएको उक्त पुस्तकमा उनी जनताको कवि भएकाले उहाँको योगदान जान्न चाहने पाठकलाई निकै महत्त्वपूर्ण कृति रहेको बताए । 

‘क्लासिकल नेवार लिट्रेचर’ को समीक्षा भने मल्ल के सुन्दर र सर्जक अभि सुवेदीले गरेका थिए । कार्यक्रम तीन वटै पुस्तकका प्रकाशक एजुकेस्नल पब्लिसिङ हाउसले आयोजना गरेको हो । 

प्रतिकृया दिनुहोस्

Flash News

प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट