१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नीजि क्षेत्रको सुझाबलाई सरकारले आत्मसाथ गरे मुलुकको आर्थिक संकट पार लाग्ने बताएका छन् । विगतमा नेपाल उद्योग बाणिज्य महासंघसहितका नीजि क्षेत्रले दिने सुझावलाई सरकारले बेवास्ता गर्दा समस्या हुने गरेकोमा अहिले सुधार हुँदै गएको बताए ।

Advertisement

‘विगतमा निजी क्षेत्रले अर्थतन्त्र सुधारका लागि वर्किङ क्यापिटल गाइडलाइन, शेयर कर्जा, जग्गा कित्ताकाट, घर कर्जा आदि सुझावलाई सरकारी निकायले उद्योगी व्यवसायीको स्वार्थ र फाइदाका लागि मात्रै दिएका सुझाव ठान्दा समस्या थियो’– ढकालले भने –‘वास्तवमा निजी क्षेत्रले आफ्ना लागि नभई समग्र अर्थतन्त्र सुधार गर्न सुझावहरु दिने गरेको थियो, सरकारी निकायले बल्ल अहिले महसुस गरेर नीतिगत सुधार गरेपछि अर्थतन्त्र सुधार हुने क्रममा छ ।’ बुटवल उद्योग बाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले कोराना महामारीको असरपछि बिग्रिएको अर्थतन्त्र सुधार हुने क्रममा रहेकाले अब निराश र नकारात्मक हुन नहुन आग्रह गरे ।

आर्थिक मन्दी र संकट नेपालको मात्र नभई विश्वव्यापी संकट भएको र अब सुधारको क्रममा रहेकाले निराश र नकारात्मक नहुन आग्रह गरे । हालै मात्र नेपाल उद्योग बाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसंग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए । बुटवलमा प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्रमा २ सय उद्योग स्थापना हुन सक्ने तर जग्गाको यकिन हुन नसक्दा औद्योगिक क्षेत्र स्थापनामा ढिलाई भएको उनले बताए । नगर प्रमुख पाण्डेयले भारतका उद्योगी व्यवसायीका संस्था र मेयरहरुको सम्मेलन बुटवलमा गरी पर्यटक भित्राउन पहल गर्नुपर्ने सुझाव दिए ।

नेपाल उद्योग बाणिज्य महासंघकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताइन् । महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गरे । महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधानले जनप्रतिनिधि र सरकारका विभिन्न निकायका गलत निर्णयका कारण निजी क्षेत्र संकटमा परेको बताए ।

कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, महासंघका केन्द्रीय सदस्य राजेश अग्रवाल, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंक पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,महासचिव विमलराज भट्टराईले मोतिपुर औद्योगिक क्षेत्र छिटो स्थापना गरी लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर