१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

धुलिखेल । राप्रपाको केन्द्रीय प्रशिक्षक प्रशिक्षण आजदेखि धुलिखेलमा सुरु भएको छ । देशभरबाट छानिएका ५२ जनालाई राप्रपाले केन्द्रीय प्रशिक्षक प्रशिक्षण दिँदै छ । नेशनल डेमोक्रयाट इन्स्टिच्युट (एनडिआइ) को सहकार्यमा पार्टीको केन्द्रीय प्रशिक्षण विभागले प्रशिक्षक प्रशिक्षण सञ्चालन गरेको र यसपछि अभियानको रूपमा देशव्यापी प्रशिक्षण गर्ने विभागकी सहसंयोजक खुस्बु ओलीले जानकारी दिएकी छिन् ।

प्रशिक्षक प्रशिक्षणमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको भावी कार्यदिशा विषयमा प्रशिक्षण दिनेछन् भने वरिष्ठ उपाध्यक्ष, विभागका प्रमुख ध्रुबबहादुर प्रधानले प्रशिक्षणको महत्व र विभागको आगामी कार्यक्रम सम्बन्धमा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको नीति र सिद्धान्त सम्बन्धि, महामन्त्री शरदराज पाठकले समकालीन राजनीतिका सिद्धान्तहरु र राप्रपाको पृथक सिद्धान्त बारेमा प्रशिक्षण दिनेछन् । 

यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक गोकर्ण अवस्थीले नेपालकाे अर्थतन्त्र सम्बन्धमा, पर्पल फाउण्डेसनकी विज्ञ सिर्जना काफ्लेले गलत सूचना सम्बन्धमा, विभागकी सहसंयोजक खुस्बु ओलीले युवा महिला केन्द्रीत नवीन राप्रपा र नेतृत्व सम्बन्धमा, विज्ञ आस्था दाहाल, वरिष्ठ पत्रकार दिलभुषण पाठकले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको सहसंयोजक ओलीले बताइन् । प्रशिक्षक प्रशिक्षणको दौरानमा वरिष्ठ अधिवक्ता डा.भिमार्जुन आचार्यसँग संविधानका बारेमा अन्तर्क्रियात्मक सेसन हुने पनि ओलीले जानकारी दिएकी छिन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप