ताजा अपडेट »

कानुङ बचत तथा ऋण सहकारीद्वारा शेयर सदस्यहरुलाई सहकारी शिक्षा

बुधबार, १७ असोज २०८०, १९ : ११
52 Shares
बुधबार, १७ असोज २०८०
52 Shares

तिलोत्तमा । कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुपन्देहीले भलवारी संकलन केन्द्रमा रहेका आफ्ना शेयर सदस्यहरुका लागि आधारभूत सहकारी शिक्षा बारे जानकारी गराएको छ । सहकारीले बुधवार, भलवारीमा एक कार्यक्रमका बीच सहकारी शिक्षा बारे तालिम सम्पन्न गरेको हो ।

तालिममा सहकारीको आर्थिक तथा सामाजिक गतिविधि,सहकारीका नीति, नियम, सिद्धान्त र सहकारीको वर्तमान अवस्थाका सन्दर्भमा सहकारी अभियन्ता दलबहादुर गुरुङ र कानुङ सहकारी संस्थाकी कार्यालय प्रमुख कुसुम पुन,थापाले सहजीकरण गरेका थिए । समापन कार्यक्रमका प्रमुख अतिथि एवम् भलवारी मगर समाजका अध्यक्ष टीकाराम पुनले सहकारी हामी सबैको आर्थिक उत्थानका लागि खोलिएको हुँदा कानुङ सहकारी लोकप्रिय बन्दै गएको उल्लेख गर्दै तालिम प्रभावकारी र उपयुक्त रहेको बताए । सहभागीका जिज्ञासाहरुलाई संस्थाका अध्यक्ष टोपबहादुर थापाले मेटाएका थिए । यस केन्द्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर ७ देखि १७ सम्मका करिव तीन सय शेयर सदस्यहरु रहेका छन् ।

सहभागीहरुका तर्फबाट सहकारीका शेयर सदस्य सीता काउचाले आफ्नो सहकारीको आर्थिक तथा सामाजिक ऐना हेर्न पाएको बताउँदै तालिम प्रभावकारी भएको बताइन् । भलवारी संकलन तथा व्यवस्थापन केन्द्रका सदस्य होमबहादुर रानाको स्वागत,कुसुम पुनको सञ्चालन र गिरिप्रसाद रानाको अध्यक्षतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।