ताजा अपडेट »

बुटवल पव्लिक स्कुलमा संस्कार शिक्षा कार्यक्रम

मंगलबार, १६ असोज २०८०, १७ : ३९
54 Shares
मंगलबार, १६ असोज २०८०
54 Shares

बुटवल । तिलोत्तमा-३ स्थित बुटवल पब्लिक स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको छ । ‘संस्कारयुक्त शिक्षा आजको आवश्यकता’ भन्ने मूल मर्मलाई आत्मसात गर्दै स्कुलले संस्कार शिक्षा कार्यक्रम आयोजना गरेको हो।

विद्यार्थीमा संस्कारको विकास भएमा मात्र उसको शैक्षिक एवं व्यक्तित्व विकास हुने भएकाले विद्यालयमा संस्कार शिक्षा कार्यक्रमको आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष हेमलाल शर्माले बताए । ‘हाम्रो विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिएको छ । नेपाली चाडपर्वहरुलाई लक्षित गर्दै संस्कृतिको जगेर्ना गरिरहेका छौ । यतिले मात्र नभई सानो उमेर देखिनै विद्यार्थीमा संस्कार हुनुपर्ने र संस्कारले व्यक्तिको जीवनलाई सफलता तर्फ उन्मुख बनाउने भएकाले पनि यो कार्यक्रम गरेका हौ’ विद्यालयका प्राचार्य समेत रहेका शर्माले भने ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।