२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

काठमाडौं। नेपाल औषधि व्यवसायी संघले सभामुख देवराज घिमिरेलाई ‘औषधि तथा स्वास्थ्य सामग्री (नियमन तथा नियन्त्रण) ऐन’ सम्बन्धी विधेयकका कतिपय प्रावधानमा असहमति जनाउँदै ज्ञापन पत्र बुझाएको छ ।

Advertisement

संघका उपाध्यक्ष रामचन्द्र शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले औषधि व्यवसायी संघजस्ता सरोकारवालासँग छलफल नगरी ऐन ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ । संघका अध्यक्ष प्रकाशकुमार खण्डेलवालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ‘औषधि तथा स्वास्थ्य सामग्री सल्लाहकार समिति’ मा नेपाल औषधि व्यवसायी संघलाई सदस्य नराखिएकाले संशोधन माग गरिएको छ । 

‘औषधि जस्तो संवेदनशील वस्तुसम्बन्धी ऐनको मस्यौदा बनाउँदा ५० वर्ष भन्दा वढी यही क्षेत्रमा योगदान गरेको महत्वपूर्ण सरोकारवाला संस्था नेपाल औषधि व्यवसायी संघलाई सम्बन्धित पक्षले कुनै पनि जानकारी नदिएको व्योहोरा समेत अवगत गराउँदछौं,’ ज्ञापन पत्रमा भनिएको छ । संस्थागत प्रतिनिधित्व सुनिश्चित हुनेगरी संघले संशोधन विवरणसमेत पेस गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले १२ असोजमा गैरसरकारी विधेयक दर्ता गराएका थिए । सभामुख घिमिरेले संघको मागबारे आफ्नो ध्यानकर्षण भएको बताउँदै आवश्यक छलफल गर्ने उल्लेख गरे ।  संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले गैरसरकारी विधेयकका प्रक्रियाबारे जानकारी गराएका थिए । 

ज्ञापनपत्र बुझाउन उपाध्यक्ष रामचन्द्र शर्मा, महासचिव श्रीधर खनाल, कोषाध्यक्ष सम्राटमान जोशी, बागमती प्रदेश अध्यक्ष ध्रुवनारायण श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष बद्रिप्रसाद श्रेष्ठ, ललितपुर जिल्ला अध्यक्ष ईन्द्रवीर महर्जन, भक्तपुर जिल्ला अध्यक्ष नारायणप्रसाद भूसाल, काठमाडौं जिल्ला महासचिव शुभमान श्रेष्ठलगायतका पदाधिकारी पुगेका थिए । 

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न