१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । यात्रुको नगद चोरेर फरार रहेका एक व्यक्तिलाई सशस्त्र प्रहरी बलको नम्बर ३१ गुल्म पूर्वी नवलपरासीले नियन्त्रणमा लिएको छ । भारत घर भएका २८ वर्षीय इरशाद अलीलाई गैँडाकोट नगरपालिका १० पितौजीबाट सोमवार नियन्त्रणमा लिइएको हो ।

आइतबार साँझ बर्दियाबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९३४ नम्बरको यात्रुवाहक बसको एउटै सिटमा बसेका बर्दियाको बडियाताल बस्ने २३ वर्षीय मधु परियारको ५० हजार रुपैयाँ चोरी गरेर अली फरार भएका थिए । डीएसपी शैलेन्द्र थापाका अनुसार गैँडाकोटको कोटिहोम चौकस्थित पूर्व–पश्चिम लोकमार्गमा यात्रुवाहक बसमा सवार यात्रुहरू ओर्लने क्रममा अली सो रकम चोरेर जंगलतर्फ फरार भएका थिए ।

प्रियारले आफ्नो रकम हराएको भनि पितौजीस्थित सशस्त्र प्रहरीको हाइवे सुरक्षा चेकपोस्टलाई जानकारी गराएका थिए । त्यसपश्चात पूर्व–पश्चिम लोकमार्गमा चल्ने यात्रुवाहक बसमा जाँच गर्दा गैँडाकोटबाट चितवनतर्फ जाँदै गरेको बसबाट उनलाई चोरिएको नगदसहित हुलियाको आधारमा नियन्त्रणमा लिइएको डीएसपी थापाले बताए । नियन्त्रणमा लिएका अलीलाई उक्त नगदसहित आवश्यक कारबाहीका लागि प्रहरी चौकी बेल्डियामा बुझाइएको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै