२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आइतबार प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितीमा २८७ जना जवानहरुलाई दिक्षित गरिएको हो ।

Advertisement

सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उनले सोही अनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरि उत्कृष्टता हासिल गर्न निर्देशन गरे ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको प्राङ्गणमा भएको कार्यक्रममा दिक्षित जवानहरुलाई कार्य सफलताको कामना गर्दै मर्यादित भएर लाग्न आग्रह गरे । तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरे घिमिरेले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गरे ।

दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्वोउत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश बैजाली मगर,  दोस्रो बनेका विनोद आचार्य र तेस्रो स्थान हासिल गर्ने सिर्जना थापालाई सम्मान गरिएको थियो । यसैगरी तालिममा प्रशिक्षको भूमिकामा रही कुशलतापूर्वक कार्य सम्पादन गरेको भनि प्रहरी निरीक्षक निरवहादुर बानिया, प्रहरी सहायक निरीक्षक सविना भट्टराई, प्रहरी हवल्दार भिम बहादुर दर्लामी तथा प्रहरी हिमाल पुनलाई सम्मान गरिएको थियो ।

२३४ दिनसम्म सम्म सञ्चालन हुने प्रहरीको आधारभूत तालिममा १३१ जना जवानले पहिलो श्रेणी, १५३ जवानले दोस्रो तथा ३ जनाले तेस्रो श्रेणी हासिल गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै मिसन ८४ प्रति मेर‍ो प्रश्न