१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

भैरहवा । भारतबाट तस्करी गरि ल्याइएको कपडाहरु भैरहवा भन्सार कार्यालयले छापा हानी बरामद गरेको छ । शसस्त्र प्रहरीको मिलामतोमा तस्करहरुले भारतबाट ल्याई गोदाममा रहेको अवश्थामा भन्सारले छापा हानेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायण दत्त जोशीका अनुसार बिशेष सूचनाको आधारमा आईतबार दिउसो रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुलहा बस्ने महेन्द्र यादव र ईश्वर यादवको घरमा छापा मारिएको थियो ।

Advertisement

सो क्रममा भन्सार कार्यालयले उनिहरुको घरबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको करिब २० लाखको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको जोशीले जानकारी दिए । रुपन्देहीको पूर्वि क्षेत्र पजरकट्टि र बोदवार अन्र्तगत रहेका बुची, बरवा, अमवा, भगवानपुर र मैनिहवा नाकाबाट कपडा तस्करी हुने गरेको छ । बिभिन्न नाकाहरुबाट लामो समय देखि शसस्त्र प्रहरीको संलग्नतामै कपडा लगायतको समान तस्करी भई रहेको थियो ।

रोहिणी गाउँपालिका वडा नम्बर ५ बस्ने महेन्द्र यादव र ईश्वर यादवको तस्करीमा संलग्न रहेका थिए । भारतबाट कपडा ल्याई आफ्नै घरमा रहेको गोदाममा राख्ने र त्यहीबाट बिभिन्न स्थानमा पु¥याउने गरेका थिए । श्रोतका अनुसार यस कामको लागि उनीहरुले शसस्त्र प्रहरी बेसक्याम्प पजरकट्टि र शसस्त्र प्रहरी बेस क्याम्प बुची बरवालाई मासिक ३५/३५ हजारको लाईन दिने गरेका छन् । तर शसस्त्र प्रहरीले तस्करीमा आफ्नो संलग्नता नरहेको बताएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले शसस्त्र प्रहरीले “शून्य सहनशिलता” को निति अंगिकार गरेको दावी गरे । उनले भन्सार कार्यालयले शसस्त्र प्रहरीकै समन्वयमा छापा हानेको बताए । “बरामद गरेको स्थल नवलपरासी (पश्चिम) नजिकै रहेको छ,” थापाले भने “समान उताबाट आयो कि यतैबाट आयो आन्तरिक अनुसन्धानको क्रममै रहेका छौं ।”

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य