१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

उनको घर, पूर्वीपाल्पा–रामपुर,वडा नं. ३ को रजघरा । पढाई स्नातक । कुनै समय उनी गाउँमा मास्टरी गर्थे । २०३६ सालमा नेकपा मालेको गाउँ सक्रिय दलको सदस्य भए । त्यतिबेला उनको उमेर १७ वर्षको थियो । १९ वर्षको लक्का जवानीमा अनेरास्ववियू पाल्पाको सदस्य भए । ३९ सालमा उपाध्यक्ष र सोही वर्ष नै अध्यक्ष बन्ने कठिन अवसर मिल्यो ।

Advertisement

उनलाई २०४० मा साविक लुम्बिनी अञ्चलको अनेरास्ववियू सचिव बन्ने सुनौलो अवसर जु¥यो । २०४० सालमै गाउँ पार्टी सक्रिय दलको सचिव बनेर राजनीतिक यात्राका सारथी बने । तत्कालीन पञ्चायती व्यवस्थाविरुद्धको यात्रामा क्रियाशील राजनीति गर्ने उनले २०४५ मा अनेरास्ववियू काठमाडौंको सहसचिव बनेर आफ्नो विद्यार्थी जीवनलाई संघर्षशील सावित गरे ।

सम्वत् २०४७ मा पाल्पा ईलाका नं.२ को पार्टी सचिवको जिम्मेवारी बोकेपछि त उनको राजनीतिक जीवन यात्रा अविरल बग्दै आएको छ । २०५० सालमा पार्टीको पाल्पा जिल्ला कमिटी सदस्य बनेका उनले २०५५ मा उपसचिव बनेर आफ्नो राजनीतिक जिम्मेवारीलाई सार्थक तुल्याएका थिए ।

२०६० मा पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै पाल्पा जिल्ला कमिटी सचिव बनेर आफूलाई अब्बल कम्युनिष्ट कार्यकर्ताका रुपमा दर्ज गरे । राजनीतिक पाठशालामा सामाजिक उत्तरदायित्व बोक्दै आएका उनी सादा जीवन,उच्च विचारका धनी मानिन्छन् । कडा बोली,सरल व्यवहार उनको पहिचान हो ।

२०६६ मा राष्ट्रिय परिषद् सदस्य बनेका उनलाई २०६९ सालमा पाल्पाका पार्टी पङ्तिले भारी मतका साथ अध्यक्ष चुन्न आन्तरिक प्रतिस्पर्धात्मक विधिलाई रोजेका थिए । श्रेष्ठता हासिल गरेका उनले पार्टीलाई पाल्पा जिल्लाको पहिलो पार्टीका रुपमा स्थापित गर्न कुनै कसुर राखेनन् । २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा पाल्पा क्षेत्र नं.१ बाट प्रत्यक्ष निर्वाचित उनले संविधान सभामार्फत संविधान निर्माणमा विशेष भूमिका निर्वाह गरेका थिए । पार्टीका वफादार नेता,सरल ब्यक्तित्व एवम् परिपक्क नेताका रुपमा उनलाई चिनिन्छ ।

२०७३ सालमा साविकको पाँच नम्बर प्रदेश ( वर्तमान,लुम्बिनी प्रदेश)को सचिवालय सदस्य बनेका उनलाई केन्दीय नेतृत्वले अत्यन्तै राम्रोसँग बुझेर २०७८ को पौष महिनादेखि लुम्बिनी प्रदेश संगठन कमिटीको अध्यक्षको जिम्मेवारी सुम्पेको थियो ।

दुई वर्षको अध्यक्षकालमा उनले स्थानीय निर्वाचन र प्रदेश एवम् संघीय निर्वाचनमा पार्टीलाई दरोरुपले उभ्याए । प्रदेश एवम् संघीय निर्वाचनमा उनको नेतृत्वले नेकपा एमालेलाई लुम्बिनी प्रदेशकै पहिलो पार्टीका रुपमा दर्ज ग¥यो । जिल्ला अधिवेशनहरु सम्पन्न गरेकोमात्र होइन,पार्टी प्रशिक्षण,विभिन्न खालका तालिम र संगठनात्मक कार्यक्रमहरु गरेर पार्टीप्रति आकर्षण बढाएका थिए ।

पहिलो पटक आयोजित लुम्बिनी प्रदेश एमालेको अधिवेशनमा आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका राधाकृष्ण कंडेलले प्युठानका हरिप्रसाद रिजालसँग लोकतान्त्रिक प्रतिस्पर्धा गर्दैछन् । पार्टीको आन्तरिक प्रतिस्पर्धा होस् वा संसदीय क्षेत्रमा सधैं अब्बल सावित कंडेलको अपराजित यात्रा निरन्तर चलिरहेको छ । खासमा उनी अपराजित यात्री हुन् ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता