Nov 30, 2023
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढंगले अगाडी बढाउन पहल थाल्ने बताए ।
शुक्रवार काठमाडौंमा आयोजित १६ औं पुस्तकालय दिवस २०८० को अवसरमा शिक्षामन्त्री राईले पुस्तकालय भवन निर्माणमा देखिएको बाधा अड्चनलाई हटाएर राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई अगाडी बढाइने बताए। मन्त्री राईले पुस्तकालय निर्माणको काममा आइपरेका अवरोधलाई प्रकृयासंगत रुपमा अगाडी बढाइने बताए । उनले अहिले युवाहरुमा पठन संस्कृतीको अभाव भएको भन्दै युग अनुकुल पुस्तकालयहरुलाई उन्नत गर्दै लैजानुपर्ने देखिएको बताए । मन्त्री राईले केन्द्रिय पुस्तकालय निर्माण भनेर बजेट विनियोजन गरिएपनि निर्माण कार्यमा अवरोध सृजना भएको बताए।
उनले पुस्तकालय दिवसलाई काठमाडौं केन्द्रित नभएर पुस्तकालय भएका स्थानमा पनि मनाउनुपर्ने बताए । पुस्तकालय दिवसले युवा पुस्तालाई ज्ञान आर्जन गर्न पुस्तक पढ्नुपर्छ भन्ने धारणाको विकास गर्न मद्दत पुग्ने शिक्षामन्त्री राईको भनाई छ । पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट पाठकको रुपमा गोदावरीकी रुक्मिणी चालिसे र पुस्तकालयकर्मी जोगप्रसाद पाण्डेलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस्