ताजा अपडेट »

एशिया छनोटको पहिलो खेल :नेपाल र मलेसिया

बुधबार, ०१ फागुन २०७५, १२ : १८
12 Shares

फागुन १,

काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने भएको छ । 

आगामी सन् २०२० मा आयोजना हुने महिला विश्वकप क्रिकेट अन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्धन्दी मलेसिया पाएको हो ।

आयोजक थाइल्याण्ड क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिका अनुसार एशिया छनोट खेल अर्को साताबाट शुरु हुँदैछ । तर, नेपालले मलेसियासँग आउँदो मंगलवार प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो खेल नेपालले फेब्रुवरी २१ तारिखमा आयोजक थाइल्याण्डको सामना गर्नेछ ।

२२ तारिखका संयुक्त अरब इमिरेट्स ‘युएई’को, २४ तारिखमा हङकङको, २५ मा चीनको तथा २७ तारिखमा कुवेतसँग भिड्ने खेल तालिका रहेको छ । 

एशिया छनोट खेलमा नेपालसहित ७ राष्ट्र सहभागि छन् । छनोटमा नेपालसहित थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।राउण्ड रोबिनको आधारमा हुने छनोट खेलको विजेताले टी -ट्वान्टी विश्वकप छनोट र महिला विश्वकप क्रिकेटमा स्थान तय गर्नेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।